५ महिना बित्दा पनि अझै अपूरो संविधानसभा, कहिले थपिएलान् २६+४ जना ?
वैशाख । मंसिर ४ गते संविधानसभाको निर्वाचन भएर आजको मिति आईसक्दा पनि संविधानसभा भने अझै पनि अपूरै रहेको छ ।
संविधानसभा कुल संख्या मध्ये २६ जना अझै पनि थपिन सकेका छैनन् भने उपनिर्वाचनबाट थपिनुपर्ने चार जना पनि अझै थपिएका छैनन् ।
राजनीतिक दलहरुले एक वर्षमा संविधान दिने र ६ महिनामा संविधानको मस्यौदा ल्याउने दाबी गरिरहेको अवस्थामा मन्त्रिपरिषदबाट मनोनित हुने २६ तथा उपनिर्वाचनबाट आउनुपर्ने चार जनाको निर्णय नहुँदा संविधानसभा समेत अझै अपूरो अवस्थामा छ ।
संविधानसभा अपूर्ण नै भएपनि त्यस मातहत पाँच समिति बनाउने र त्यसको नेतृत्व चुन्ने काम भने सकिएको छ ।
तर व्यवस्थापिका संसदअन्तर्गतका विभिन्न समितिहरुमा भने संविधानसभा निर्वाचन भएको छ महिना हुन लाग्दा सम्मपनि सभापति चुनिएको छैन । यसले गर्दा संसदीय काम कार्वाहीमै असर पर्न थालेको छ ।
संसद नचलेका समयमा संसदकोसमेत काम गर्ने हैसियत राख्ने मिनी संसदका रुपमा लिइने यस्ता समितिमा दलहरुबीच कुन समितिको सभापतिमा को बस्ने भन्ने सहमति अझै बन्न सकेको छैन ।
संसद नचलेका समयमा संसदकोसमेत काम गर्ने हैसियत राख्ने मिनी संसदका रुपमा लिइने यस्ता समितिमा दलहरुबीच कुन समितिको सभापतिमा को बस्ने भन्ने सहमति नबन्दा ढिलाई भएको हो । नेतृत्वविहीनका कारण कतिपय समितिको बैठकैसम्म बस्न सकेको छैन केहीले परिचयात्मक कार्यक्रम सकाएका छन् ।
सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही बनाउन संसदको कामकारबाही अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा रायसल्लाह दिनु यस्ता समितिहरुको मूख्य काम हुनेछ । तर व्यवस्थापिका संसदमा रहेका ११ विषयगत, दुई विशेष र एक विधायन गरी १४ वटा समिति त्यत्तिकै थन्किएका हुन् ।
समिति सभापति चयनमा कांग्रेस र एमालेबीच एक खाले भागबन्डा भए पनि एकीकृत माओवादीले त्यसलाई मानेको छैन । कांग्रेस एमालेले भने ११ वटा समितिमा आफूहरुले चार/चार तथा एमाओवादीलाई दुई, राप्रपा नेपाल, मधेसवादी दल र साना दललाई एकरएक वटामा नेतृत्व दिने प्रस्ताव गरेका थिए ।
प्रकाशित मिति:
May 10, 2014