साढे दुई मेगावाट विद्युत् उत्पादनको तयारी
बागलुङ, १ असार । पश्चिमाञ्चलका आठ जिल्लामा आगामी तीन वर्षभित्र लघुजलविद्युत् आयोजनाबाट साढे दुई मेगावाट विद्युत् निकाल्ने तयारी भएको छ ।
यस क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, कास्की, स्याङ्जा, गुल्मी र पाल्पा जिल्लामा आयोजना निर्माणको काम अघि बढेको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमको अनुदान सहयोगमा धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले आयोजना निर्माण गर्न लागेको हो । आठवटै जिल्लामा निर्माण हुने ३२ भन्दा बढी आयोजनाबाट २.५ मेगावाट अर्थात् २५०० किलोवाट विद्युत् उत्पादन हुने डिसिआरडिसीका अध्यक्ष ईश्वरलाल राजभण्डारीले बताए ।
सोह्र हजारभन्दा बढी घरधुरीमा बिजुलीबत्ती पु¥याउने उद्देश्यले आयोजनाहरू निर्माण भइरहेको उजको भनाइ छ । जसमध्ये पाँचवटा आयोजनाबाट आगामी असारभित्रै ३९२ किलोवाट विद्युत् उत्पादन हुने र बाँकी आगामी २०७४ सालको असार मसान्तभित्र उत्पादन गर्ने लक्ष्य लिइएको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।
उक्त लक्ष्यअनुसार नै योजनाको सम्भाव्यता अध्ययन, सर्वे र निर्माणको काम अघि बढेको जनाइएको छ ।
यो आर्थिक वर्षभित्रै सम्पन्न हुने पाँच आयोजनाबाहेक अन्य आठवटा आयोजना निर्माणको चरणमा छन् । जुन आगामी वर्षभित्रै सञ्चालमा आउने बताइएको छ । जसमा गोठादी–७ पाल्पाको झुम्साखोला दोस्रो लघुजलविद्युत् आयोजना ३० किलोवाट, झुम्साखोला तेस्रो ६८ किलोवाट, घान्दु्रक–८ कास्कीको चुँइलेखोला आयोजना ४७ किलोवाट, बोवाङ–९ बागलुङको रुद्रताल ११ किलोवाट, राजकुत–६ को कुतखोला २० किलोवाट, अधिकारीचौर–५ फेदीखोलाको १४ किलोवाट, जलजला–६ को टुनीखोला ४२ किलोवाट र सत्यवती–८ पाल्पाको ढुग्रेखोला लघुजलविद्युत् आयोजना ६० किलोवाट निर्माणाधीन अवस्थामा रहेको डिसिआरडिसीले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७१÷०७२ का लागि प्रस्तावित केही योजना सम्झौताको चरणमा रहेका छन् ।
म्याग्दीको रातोखोला बगरा लघुजविद्युत् आयोजना ११ किलोवाट, छेरवाङ १२ किलोवाट, नन्दीवाङ ४२ किलोवाट, मजुवा कुइनेखानी २० किलोवाट, बागलुङको ढोरपाटन भुजीखोला ६० किलोवाट र गुल्मीको करङखोला ११ किलोवाटको सर्वे गर्ने काम पूरा भएको र आउँदो वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने डिसिआरडिसीका सब–इन्जिनियर दीपक थापाले बताए ।
त्यस्तै आ.व. २०७२÷०७३ भित्र बिजुली बाल्ने गरी थप आयोजनाहरू निर्माणका लागि तयारी अघि बढेको सब–इन्जिनियर थापाले जानकारी दिनुभयो । आ.व. २०७२÷०७३ भित्र निर्माण हुने आयोजनामा ३९४ किलोवाटको ताराखोला मिनी लघुजलविद्युत् आयोजना पनि रहेको छ ।
त्यस्तै गुल्मीको निस्तीखोला पहिलो र दोस्रो, मुस्ताङको घमीखोला ६०० किलोवाट, बागलुङको दरमखोला तेस्रो, भीमघाट खोला, भालिवाङ खोला, नेपाने देउराली, बुर्तिवाङ÷तमानखोला मिनी लघुजलविद्युत् आयोजना, कास्कीको मुदीखोला देउराली, पर्वतको लुङ्दीखोला, पाल्पाको कुँडेरखोला लगायतका आयोजनाहरू रहेका छन् ।
यीबाहेक थप आयोजनाका लागि पनि स्थानीयबाट प्रस्ताव आएको जनाइएको छ । विभिन्न १० स्वेदेशी तथा विदेशी दातृ निकायहरूको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत आयोजना निर्माणका लागि अनुदान आउने गरेको छ । ५० प्रतिशत अनुदान सहयोग र बाँकी स्थानीयवासीकै लगानी र पहलमा आयोजनाहरू निर्माण हुने गरेको अध्यक्ष राजभण्डारीले बताए ।
सबै आयोजना निर्माणका लागि करोडौँ रुपैयाँ लगानी हुने उनले जानकारी दिए । आयोजना निर्माणका क्रममा जिविस, गाविसलगायत अन्य सहयोगी संस्थाहरूले आर्थिक रूपमा सघाउने गरेका छन् ।
डिसिआरडिसीले लघुजलविद्युत् आयोजना निर्माणका लागि प्राविधिक तथा सामुदायिक परिचालनमा सहयोग पु¥याउँदै आएको छ । लघुजलविद्युत् आयोजनाको निरीक्षण तथा अनुगमन भने जिल्ला विकास समितिअन्तर्गतको ऊर्जा तथा वातावरण शाखाले गर्ने गरेको छ । रासस

प्रकाशित मिति:
June 15, 2014