सत्ताइस श्रीमतीका श्रीमानको अझै बिहे गर्ने धोको
सङ्खुवासभा, १ असार । एउटा मान्छेले कतिवटासम्म श्रीमती ल्याउन सक्ला एउटा दुईवटा तीनवटा तपाईंको उत्तर यस्तै हुन सक्ला तर तपाइ पत्याउनुस या नपत्याउनुस् सङ्खुवासभाका एक व्यक्तिले २७ वटा श्रीमती ल्याएका छन् ।
बहुविवाहको कानुनी व्यवस्थालाई चनौती दिंदै रामचन्द्र कटुवाललाई २७ वटा श्रीमती ल्याएर पनि अझै बिहे गर्ने धोको मरेको छैन ।
जिल्ला सदरमुकाम खाँदबारीस्थित ढोलबाजेका रामचन्द्रले ५० वर्षको उमेरसम्म आइपुग्दा २७ वटा श्रीमती विवाह गरेका छन् ।
सदरमुकाम र तुम्लिङटार बजारमा भारी बोकी जीवन गुजारा गर्ने कटुवालले ठट्टा गर्दै भने, “जवानी हुँदासम्म २७ वटा श्रीमती ल्याएँ, कमाएँ, खुवाएँ तर अहिले सबैले छोडेर गए । कतिलाई त चिन्दा पनि चिन्दिन, अब त बिहे गरौँ भने पनि कसले पत्याउँछ र ?”
कुनै बेला २७ वटा श्रीमती विवाह गरेर ख्याति कमाएका उहाँ अहिले एउटी श्रीमतीका साथमा रहँदै आएका छन् । उनी सदरमुकाम खाँदबारी बजारमा सबैका रमाइला पात्रका रुपमा रहेका छन् । रासस

प्रकाशित मिति:
June 15, 2014