स्त्रीले बाटो छेकेर हैरान पारेपछि अदालतको शरण
जिम्बाबेका विवाहित पुरुष अदालतको शरणमा पुगेका छन् । अफिस जाँदा वा घर र्फकंदा बाटो छेक्ने र बाझ्दाबाझ्दै नांगिएर एक स्त्रीले विरोध गर्न थालेपछि सुरक्षाको माग गर्दै व्यापारी क्रिश्चियन बेरेमु अदालत पुगेका हुन् ।
सार्वजनिक स्थलमा झगडा गर्दै र नांगिदै पेटमा हुर्किरहेको बच्चाको भरणपोषण गर भनी हिँड्ने तातेन्दा मारोभा हरारेको नाइट क्लबकी नर्तकी भएको बेरेमुको दाबी छ । तीन सन्तानको बाबु बेरेमुका अनुसार मारोभासँग उनले कहिल्यै शारीरिक सम्पर्क गरेका छैनन् ।
मारोभामाथि वेश्याको आरोप लगाउँदै आफ्नो जीवन बर्वाद पार्न खोजिरहेको आरोप लगाएका छन् । तर, अदालतले बेरेमुको निवेदन खारेज गर्दै मारोभालाई पनि पारिवारिक अदालतमा जान सल्लाह दिएको छ ।

प्रकाशित मिति:
June 07, 2014