आफ्नै मालिकको छोरा अपहरण गरी करोड फिरौती माग
जेठ २४ । कामदारले आफ्नै मालिकका छोरा अपहरण गरी एक करोड फिरौती मागेका छन् ।
भक्तपुरमा कबाडी सामानको व्यवसाय गर्दै आएका राकेश चौधरीका साढे दुई बर्षीय छोरा बिट्टुको उनका कामदार राजु यादवबाटै उपहरण भएको छ ।
अपहरण भएको १० दिन बितिसक्दा पनि प्रहरीले बालकलाई मुक्त गर्न सकेको छैन् । अपहरणकारीले फरक फरक नम्बरबाट फोन गरी फिरौती माग्न थालेका छन् ।
यादवले एक महिनाअघि मात्र चौधरीको न्यु मुस्कान कवाडी पसलमा काम गर्न थालेका थिए । काम गर्ने भन्नेभन्दा पनि उपहरण गर्ने उद्धेश्यले उनले त्यहाँ काम गर्न थालेको खुलेको छ । बाराको कलैया घर बताउने यादवको वास्तविक नाम र ठेगाना समेत खुल्न सकेको छैन् ।
उनी आपराधिक गिरोहका सदस्य भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको नयाँ पत्रिकामा खबर छ ।
१४ जेठको दिउँसो करिव चार बजे राकेशका छोरा बिट्टुकुमारको अपहरण भएको हो । सुरुमा बच्चा हराएको भन्दै उनले उजुरी दिएका थिए ।

प्रकाशित मिति:
June 07, 2014