समितिका अध्यक्षले भने- 'श्रमजीवि पत्रकार ऐन लागू हुदैन’
जेठ ३० । न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खेम भण्डारीले श्रमजीवि पत्रकार ऐन लागु हुनै नसक्ने बताएका छन् । उनले ऐनका अधिकांश बुदाहरु अव्यवहारिक रहेकोले आजसम्म पनि लागु हुन नसकेको स्पष्ट पारे ।
क्रान्तिकारी पत्रकार महासंघ नेवाः राज्य समितिले शुक्रवार राजधानीमा आयोजना गरेको श्रमजीवि पत्रकार ऐन कार्यन्वयनका चुनौति शीर्षकमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा उनले अब व्यवहारिक नीति ल्याउनुपर्नेमा जोड दिए ।
उनले अब नयाँ ऐन ल्याएर श्रमजीवि पत्रकार ऐन कार्यन्वयन भएको÷नभएको विषयमा गम्भीरतापूर्वक अनुगमन गर्ने जानकारी दिए । नीजामति कर्मचारी ऐनलाई नै यताउती पारेर श्रमजीवि पत्रकार ऐन ल्याएको भन्दै यसको औचित्य नै नभएको समेत उनले बताएका छन् ।
नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले ऐन कार्यन्वयन नहुनुमा पत्रकारभित्रै पनि समस्या रहेको बताउँदै ऐन कार्यन्वयनका लागि ध्यानाकर्षण गराउँने जानकारी दिए ।
देशभर २५ हजारको हाराहारीमा पत्रकार रहेको र त्यसमध्ये ४० प्रतिशतले नियुक्ति पत्र पाएको र १८ प्रतिशतले मात्रै स्थायी नियुक्ति पाएको तथ्यांक प्रस्तुत गरे ।
अन्र्तक्रिया कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका बलराम थापा, क्रान्तिकारी पत्रकार महासंघका तर्फबाट नेपाल पत्रकार महासंघका सचिव समेत रहेका धर्मेन्द्र कर्ण, प्रेस युनियनका इश्वरी झा र प्रेस चौतारीका महासचिव माधव नेपाल, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालगायतले ऐन कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति:
June 13, 2014