व्यवसायिक तरकारी खेतिले फेरियो जीवनस्तर (फोटोफिचरसहित)
जाजरकोट १५ असार । सदरमुकाम संग जोडिएको पुन्मा गाविस वडानं. ४ इभरमा गरिएको ब्यबसायीक तरकारी खेतिले किसानहरुको जीवन स्तरमा निकै परिवर्तन ल्याएको छ । तरकारीवाट भएको आम्दानीले सुधारका कामको थालनी गरेपछि जीवनस्तरमा निकै परिवर्तन आएको हो ।
पुन्मा गाविस वडा नं. ४ इभरमा ब्यबसायीक तरकारी खेति गर्न थाले पछि कमाउनलाई किसानहरु कालापहाड जान छोडेका छन । आफ्नै खेतवारीको तरकारी खेतिवाट एउटा किसानले बार्षिक २ लाख रुपैया बचत गर्न सक्ने अगुवा किसान केशव रोकाय वताउछन । साथै तरकारी खेतिवाट भएको आम्दानीले वालबच्चाहरुलाई राम्रो शिक्षा पढाउन सकेको रोकायको तर्क छ ।
इभरका किसानहरु ब्यबसायीक तरकारी खेतिमा लागे पछि स्वीस सरकार तथा हेल्भेटास नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले खानेपानी, पोखरी सिचाईको राम्रो व्यबस्था गरिएको छ । दीगो भुब्यबस्थापन तथा एसएसएमपी हेल्भेटास नेपाल र गाउँ विकास समितिको आर्थिक सहयोगमा गरिएको भगारो सुधार, गोठेमल कार्यक्रमले तरकारी खेतिमा निकै सुधार ल्याएको पुन्माका कृर्षि वन वातावरण समितिका अध्यक्ष भद्र बहादुर चन्द वताउछन । चन्द भन्छन उक्त कार्यक्रमले किसानको उत्पादनमा बृद्धि भएको छ भने रासायणीक मल नै प्रयोग गर्नु नपर्ने भएको छ । किसानहरुले गर्ने सबै खेती पाती अग्रानिक बनेको चन्दको भनाईछ ।
इभरका ३३ घर किसानहरुले २ हजार ६४ सालमा प्रगतिशिल ताजा तरकारी उत्पादन समुह गठन गरि दर्ता गरेपछि समुहको मासिक रुपमा बैठक बस्दै आएको छ । उक्त समुहमा १६ जना महिला, १७ जना पूरुष, १ जना दलित र १ जना जनजाती रहेका छन ।
समुहका प्रत्येक सदस्यले समुहमा मासिक सय रुपैया जम्मा गरिने गरिएको छ । कोषमा जम्मा गरिएको पैसावाटै पासागाड देखि तातोपानी सम्म २ किलोमिटर मोटरवाटो ११ हजारमा २ हजार ६९ सालमा सर्वे गराएको, २४ हजारमा २ हजार ६८ सालमा ४ नं. वडाकै इभर टोलमा पढाईने बालशिक्षाको भवन निर्माण गरिएको उक्त समुहका सचिव केशव रोकायले वताए ।
हाल समुहमा जम्मा भएको पैसावाटै समुहकै सदस्यलाई तरकारीको विउ, औषधी र औजार जस्ता सामाग्री खरिद गर्ने गरि प्रति सदस्य १० हजारका दरले बार्षिक सयकडा १२ रुपैया व्याज दरमा २ लाख ९३ हजार रुपैया ऋण वितरण गरिएको र कोषमा ४ हजार रुपैया वाँकी रहेको सचिव रोकायले जानकारी गराए ।
दीगो भुव्यबस्थापन तथा एसएसएमपी नेपालको भगारो सुधार, गोठेमल र तरकारी खेति कार्यक्रम त्यस क्षेत्रका लागी समाप्त भएको छ । कार्यक्रम समाप्त भए पनि धेरै दुख मान्नु नपर्ने किनकी किसानहरु आत्म निर्भर भै सकेको शुशिला रोकाय वताउछिन ।
किसानहरुले रासायणीक मल खरिदमा लगानी गर्ने पैसालाई भगारो सुधार, गोठेमल प्रयोगका लागी चाहीने सामानहरु किन्न सकिने शुशिलाको तर्क छ । उक्त ३३ सदस्य संख्या रहेको समुहलाई गाविस र एसएसएमपीले भगारो सुधार, गोठेमलका लागी यस अघि २ लाख ५० हजार अनुदान दिएको थियो ।
प्रकाशित मिति:
June 29, 2014