पानीको निकास थुनिएपछि २०० घर डुबानमा
बाँके २४ असार । चारलेन सडक विस्तारमा पुरानो पानीको निकास थुनेर सडक बनाइँदा बाँके जिल्लाको कोहलपुर बजारको विद्युत्रोडदेखि गोल्छासम्म डुबानमा परेको छ ।
घरघरमा पानी पस्न थालेपछि आक्रोशित स्थानीयवासीले डोजर प्रयोग गरी नाला भत्काएका छन् । सडक विस्तारका क्रममा ठेकेदारले पुराना पानी निकासका ह्युमपाइप र कल्भर्ट फालेर लापरबाही गरेको भन्दै चार ठाउँमा नाला भत्काएर पानीलाई निकास दिइएको छ ।
स्थानीय यमबहादुर रावतका अनुसार चारलेन सडकमा पानीको निकासा थुनिदा विद्युत्रोडदेखि त्रिभुवन उच्च माविसम्म २०० घर डुबानमा परेका छन् । नाला भत्काउन ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले बेवास्ता गरेको स्थानीयको आरोप छ ।
कोहलपुर नगरपालिकाका प्रशासकीय अधिकृत अमरराज खत्रीले सडकका पानी निकासा हुने पुराना ह्युमपाइप र कल्भर्ट भत्काए पनि नबनाइएकाले घरघरमा पानी पसेको बताए ।
कालिका कन्स्ट्रक्सनका निर्देशक युवराज क्षेत्रीले डुबानबारे गुनासो नआएको बताउँदै थुनिएको पानीको निकासका लागि डोजर प्रयोग गरी कामदार खटाएको बताए ।
कोहलपुरवासीले सडक विस्तारसँगै विद्युत्रोडदेखि गोल्छासम्म नाला विस्तार हुनुपर्ने भन्दै ४० सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरेका छन् । रासस

प्रकाशित मिति:
July 08, 2014