विषादी सेवनबाट दुई बालबालिकाको मृत्यु, हत्यापछि आत्महत्या
बैतडी ८ साउन । बैतडीको महाकालीमा विषादी सेवनबाट दुई बालबालिकाको मृत्यु भएको छ । घरमा एक्लै भएको बेला गेडागुडीमा हाल्ने विषादी खाएर महाकाली–८, पुडिलका पाँच वर्षीय पङ्कज साउद र उनकै दुई वर्षीया बहिनी कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरका परिवार खेतमा काम गर्न गएका बेला विषादी खाएर बेहोस भएका उनीहरूलाई उपचारका लागि स्थानीय महाकाली उपस्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक अनिल उप्रेतीले जानकारी दिए ।
बुधबार साँझ उक्त घटना भए पनि सदरमुकामबाट दुई दिनको दूरीमा रहेको महाकालीमा फोनको सुविधा नभएको र प्रहरीसँग समेत सम्पर्क हुन नसकेका कारण आजमात्र उक्त घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
यसैबीच, बैतडीको कटौजपानीमा मङ्गलबार राति एक व्यक्तिले आफ्नी सात वर्षकी भतिजीलाई ढुङ्गामा पछारेर हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
कटौजपानी–४, कालागाउँका २२ वर्षीय अने लुहारले भतिजी पुष्पा लोहारलाई ढुङ्गामा पछारेर हत्या गरेपछि घरभन्दा पाँच सय मिटर टाढा रुखमा झुण्डिएर निजले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति:
July 24, 2014