महाकाली नदीले कच्ची तटबन्ध बगायो

दार्चुला, १९ असार । दार्चुला सदरमुकाम खलङ्गाको बाङ्गबगड क्षेत्रमा निर्माण गरिएको कच्ची तटबन्ध महाकाली नदीले बगाएपछि सो क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।
तटबन्ध बगाएपछि स्थानीय आनसिंह महर, वीरबहादुर कुँवर र रामसिंह कार्कीको घर उच्च जोखिममा परेको छ । नदीले तटबन्ध बगाएर कटान सुरु गर्न थालेपछि घर छाडेको स्थानीय वीरसिंह बडालले बताए ।
गएको वर्ष बाढीले क्षति गरेलगत्तै नेपाली सेनाले निर्माण गरेको कच्ची तटबन्ध गत सोमबार अपराह्न महाकालीमा आएको बाढीले बगाएको हो ।
नदीमा पानीको बहाव बढेसँगै खलङ्गा नदी कटानको जोखिममा रहेको छ । सरकारको लापरबाहीका कारण समयमै तटबन्ध निर्माण हुन नसकेपछि खलङ्गावासी त्रसित भएका छन् ।
प्रकाशित मिति:
July 03, 2014