वागमती सरसफाइ अभियान प्राविधिकरुपमा अगाडि बढ्ने
काठमाडौँ, २० असार । वाग्मती नदीमा बढेको पानीको बहावसँगै वाग्मती सरसफाइ अभियान प्राविधिकरुपमा अगाडि बढ्ने भएको छ ।
नदी किनारका दायाँबायाँ मानिस बसी डुङ्गाका माध्यमबाट फोहर सङ्कलन गरिने भएको छ । यही माध्यमबाट नदीमा पानीको बहाव नघटुन्जेल फोहर सङ्कलन गरिने निर्णय वाग्मती सफाइ अभियानले गरेको छ ।
मुख्यसचिव लीलामणि पौड््यालको अध्यक्षतामा आज सिंहदरबारमा अभियानमा सक्रिय सहभागी हुँदै आएका विभिन्न मन्त्रालयका प्रतिनिधि, काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिसहितको बैठकले सो निर्णय गरेको हो ।
वागमती सफाइ अभियान सञ्चालन सुरु भएको ५८ हप्ता पुगिसकेको छ । प्रत्येक हप्ता शनिबारका दिन बिहान ७ बजेदेखि ९ बजेसम्म वाग्मती सफाइ हुँदै आएको छ । हालसम्म आइपुग्दा करिब १२ सय टन फोहर वाग्मती नदीबाट झिकिसकिएको छ ।
बैठकमा मुख्य पौड््यालले नदीमा बढेको पानीसँगै सफाइ अभियान नयाँ रुपमा अगाडि बढ्ने बताउनुभयो । यही असार २१ गते शनिबार सफाइ अभियानमा नदी सफाइमा दक्षता तालिम लिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका ७५ जना सहभागी हुँदैछन् । वाग्मती सरसफाइ थापाथली क्षेत्रमा गरिने कार्यक्रम छ ।
आफ्नो वरिपरिका जीवन्त सम्पदा आफैँले सफा गर्नुपर्छ भन्ने चेतना जगाउन अभियान सार्थक हुँदै आएको बताउँदै मुख्य सचिव पौड््यालले फोहर सङ्कलनका साथ साथमा नदी संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका काम सुरु भएको जानकारी दिए ।
बैठकमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल, सामुदायिक सेवा केन्द्रका प्रमुख नरेन्द्रबहादुर श्रेष्ठ र तीनवटै सुरक्षा निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति:
July 04, 2014