मन्त्रीको अधिकारलाई कुण्ठित गरेर सहसचिव सरुवा गरियो : मन्त्री पण्डित
काठमाडौँ, २४ असार । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो अधिकारलाई कुण्ठित गरेर मन्त्रिपरिषद्ले अस्ट्रेलियाका पिआर भएका सहसचिव भरतराज सुवेदीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको बताएका छन् ।
रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले यसरी नै आफ्नो मन्त्रालयअन्तर्गतका प्रस्ताव अन्य मन्त्रीले मन्त्रिपरिषद्मा लग्दै गएमा आफू बाध्य भएर संविधान, ऐन र मन्त्रिपरिषद् कार्यसम्पादन नियमको आधारमा संवैधानिक उपचार खोज्ने बताए ।
उनले सम्बन्धित मन्त्रीको प्रस्तावमा यस्तो निर्णय हुने व्यवस्था रहेको स्पष्ट पार्दै आफू अनुपस्थित रहेको बैठकमा कसरी यस्तो निर्णय भयो त्यसमा म पूर्णतः अनभिज्ञ छु, म महाधिवेशनको बन्दसत्रमा भएको बेला निर्णय गर्नुभएछ, पिआर र ग्रिनकार्ड लिएका कर्मचारीलाई आफूले कारबाही गर्छु भन्दाभन्दै आफ्नो अनुपस्थितिमा सुवेदीलाई अर्थमा सरुवा गरिनु आपत्तिजनक छ भने ।
उनले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक कर्मचारीहरुको तलब बढाउने प्रस्ताव सम्बन्धित मन्त्रालयबाट आए त्यसलाई अनुमोदन गरेर पठाउने स्पष्ट पार्दै राष्ट्रसेवक कर्मचारीहरुको तलब वृद्धि आवश्यक रहेकामा जोड दिए ।

प्रकाशित मिति:
July 08, 2014