ओलीले भने- 'खनालले नेपाललाई समर्थन गरेकामा विश्वास छैन'
काठमाडौँ, २४ असार । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका अध्यक्ष झलनाथ खनालले वरिष्ठ नेता माधवकुमार नेपालको समूहलाई समर्थन गर्ने भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् ।
महाधिवेशनस्थलमा पत्रकारसँग कुरा गर्दै नेता ओलीले खनालले नेतृत्व हस्तान्तरणका लागि आफूलाई पटक पटक वचन दिएको जिकिर गर्दै खनाल र नेपालको समीकरण बनेमा सहमतिका साथ नेतृत्व हस्तान्तरणका लागि मात्रै बनेको हुन सक्ने बताए । नेता ओलीले भने, ‘औचित्य, तर्क र न्यायका आधारमा नेतृत्व हस्तान्तरण हुनुपर्छ, मैले १५ वर्ष चलाएँ, अब २० वर्ष चलाउँछु भन्ने आधारमा होइन ।’
खनालले स्वास्थ्यले साथ दिएमा आफूलाई समर्थन गर्नेबारेमा पटक पटक वचन दिएको र पछिल्ला दिनमा पनि कुराकानी भइरहेको स्पष्ट गरे । उनले इतिहासलाई फर्काउन नहुने भन्दै प्रतिनिधि नेतृत्व हस्तान्तरणका पक्षमा रहेको जिकिर गरे ।
प्रकाशित मिति:
July 08, 2014