नेपाललाई सहयोग गर्न भारत आतुर : नेता सिंह
चितवन, २२ असार । नेपाली काँग्रेसका नेता डा. अमरेशकुमार सिंहले भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर रहेको बताएका छन् ।
छिमेकी राष्ट्र भारतसँग निकट मानिने सिंहले आज भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकारसम्मेलनमा हालैमात्र आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्यस्तो पाएको बताए ।
उनले विगतका प्रधानमन्त्रीभन्दा मोदीको छिमेकी राष्ट्रहरुसँगको नीति फरक रहेको भन्दै त्यसको आभास शपथग्रहण गरेदेखि नै देखिएको र छिटै मोदीले नेपाल भ्रमण गर्ने बताए ।

प्रकाशित मिति:
July 06, 2014