राष्ट्रिय वाणिज्य बैंकको १५१ औं शाखा मेचीको पशुपतिनगरमा पुनःस्थापना
असार १७ । राष्ट्रिय वाणिज्य बैंकको १५१ औं शाखा मेचीको पशुपतिनगरमा पुनःस्थापना गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक भन्ने मूल नारा बोकेको उक्त बैंकले देशैभर आफ्नो शाखा पुनःस्थापना गर्ने अभियानलाई जारी राखेको छ ।
पशुपतिनगरमा १५१ औं शाखाको पुनःस्थापना गर्दै बैंकका क्षेत्रीय प्रबन्धक गोपाल प्रसाद पौडेलले स्थानीय जनतासँग हातेमालो गर्दै बैंक अघि बढ्ने बताए । स्थानीयकै माग अनुसार बैंकको १५१ औं शाखा पशुपतिनगरमा पुनः स्थापना गरिएको उनको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, व्यापारी, बुद्धिजिवि, शिक्षक, पत्रकार तथा स्थानीयको उपस्थितिको आइतबार बैंकको शाखा पुनः स्थापना भएको हो ।
पूर्ण सरकारी स्वामित्वमा सञ्चालित सो बैंकको देशभर करिब १८ लाख भन्दा बढी ग्राहक रहेको बैंकले जनाएको छ ।
बैंकको काठमाडौं क्षेत्रमा ३६, विराटनगर क्षेत्रमा ३६, वीरगन्जमा १७, पोखरा क्षेत्रमा २८, नेपालगञ्ज क्षेत्रमा ३१ गरी १५१ औं शाखा पुगेको छ ।
प्रकाशित मिति:
July 01, 2014