फेसबुक ट्विटरमा प्रेम र व्यापारमोह पुरुषमा, महिलाको ध्यान खेलमा
एजेन्सी
असार । विज्ञान प्रविधिको विकाससँगै इन्टरनेटले विश्वलाई नै एउटा गाउँ सरह बनाईदिएको छ । धेरैको ध्यान इन्टरनेटसँग जोडिएपछि यस विषयमा विभिन्न किसिमका अध्ययन अनुसन्धान पनि बढेर गएका छन् ।
पछिल्लो पटक अनुसन्धानकर्ताहरुले पुरुष र महिलाले सामाजिक सञ्जालमा केमा ध्यान दिन्छन्, उनीहरुको शैली तथा कार्यबारे अध्ययन गरेका छन् ।
उक्त अध्ययन अनुसार पुरुषहरुले सोसल मिडियामा प्रेम र विजनेशमा मुख्य ध्यान दिने गरेको पाइयो महिला भने सम्बन्ध स्थापना, साझेदारी, मनोरञ्जन र आत्मसहयोगका लागि सामाजिक सञ्जालमा रमाउने गरेको पाइएको छ ।
स्मार्टफोनमा गेम खेल्ने सवालमा भने महिलाहरु पुरुष भन्दा १० प्रतिशत बढी अगाडी रहेका छन् । ३८ प्रतिशत महिला स्मार्टफा्नमा गेम खेल्छन् भने पुरुषहरु २८ प्रतिशत मात्रै गेम खेल्छन् ।
त्यस्तै अध्ययन अनुसार विभिन्न खाले वेवसाइट खोल्ने, म्यासेज पठाउने तथा क्यामरा प्रयोग र्ने सवालमा पनि महिलाहरु नै पुरुष भन्दा अगाडी रहेका छन् ।
यता, माया प्रेमका सम्बन्धमा भने १३ प्रतिशत पुरुषले सोसल मिडियालाई डेटिंगका लागि प्रयोग गर्ने पाइएको छ भने ७ प्रतिशत महिलाले मात्रै यसलाई प्रयोग गर्छन् ।
यसअघि पनि यस्तै एउटा रोचक अध्ययन बाहिर आएको थियो । जसअनुसार विकसित राष्ट्रमा गुगल बढी प्रयोग गर्ने गरेको पाइएको थियो भने विकसित राष्ट्रमा फेसबुक बढी चलाउने थिए ।
गुगलमा विभिन्न जानकारी, अध्ययन अनुसन्धानमा उनीहरुले प्रयोग गरे भने फेसुबकमा टाइम पास गर्ने, मनोरञ्जन प्रदान गर्ने उद्देश्य मुख्य थियो ।
प्रकाशित मिति:
July 01, 2014