विद्यार्थी टिकाउन मुश्किल, कक्षा दोहोर्याउनेको सङ्ख्या पनि उत्तिकै
सुर्खेत, २३ असार । क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले मध्यपश्चिममा भर्ना भएका सबै विद्यार्थीलाई टिकाउन नसकिएको जनाएको छ ।
विद्यालय भर्ना, विद्यालय स्वागत, छात्रवृत्तिजस्ता अभियान सञ्चालन गरे पनि भर्ना भएका सबै विद्यार्थीलाई विद्यालयमा टिकाउन नसकिएको कार्यालयले जनाएको छ । मध्यपश्चिम क्षेत्रमा कक्षा १ मा ७, ३ मा ५, ५ मा ६, ६ मा ७ र ८ मा ७ प्रतिशत विद्यार्थीले कक्षा छोड्ने गरेको छ ।
कक्षा छोड्नेमा छात्रा र छात्र दुवैको सङ्ख्या बराबरी रहेको जानकारी दिँदै निर्देशनालय उपसचिव भक्तबहादुर खड्काले कक्षा छोड्नेसँगै यस क्षेत्रमा विद्यार्थीले कक्षा दोहो¥याउने समस्या पनि उत्तिकै रहेको छ भने ।
कक्षा १ मा २२, ३ मा ९, ५ मा ७, ६ मा ६ र ८ मा पनि ६ प्रतिशत विद्यार्थीले कक्षा दोहो¥याएको पाइएको छ । निर्देशनालयले पढाउने तरिका परम्परागत हुनु, पर्याप्त साधन स्रोत नहुनु, एकैखाले शिक्षा नहुनुजस्ता कारणले शैक्षिक उपलब्धि पनि बढ्न नसकेको बताएको छ ।
क्षेत्रीय शिक्षा निर्देशक प्रमोदकुमार साहले विद्यालयमा कक्षा छोड्ने र दोहो¥याउने समस्याको न्यूनीकरण नभएसम्म शैक्षिक उपलब्धि राम्रो आउन नसक्ने बताए ।

प्रकाशित मिति:
July 07, 2014