भारत-चीन विवास्पद क्षेत्रमा चिनियाँ जनमुक्ति सेना छिरे
भदौ ४ । चिनियाँ सेना भारत–चीन सीमामा रहेको विवादस्पद क्षेत्रमा पुगेको छ । भारतसँगको सिमाना जोडिएको लडहकहको बुर्तेसमा मंगलबार चीनको जनसेना पुगेको हो । सो क्षेत्रलाई भारत र चीनले आ–आफ्नो दाबी गर्दै आएको छ ।
सोही क्षेत्रमा चिनियाँ सेनाको अतिक्रमणलाई लिएर गत वर्ष दुई देशबीच तनाव उत्पन्न भएको थियो । पश्चिमी हिमालयको दुर्गम क्षेत्रमा चिनियाँ सेना दुई पटकभन्दा बढी सीमा पार गरेका छन् । ‘यो चिनियाँ भूमि हो, तत्काल स्वेदश फर्क’ लेखेको ब्यानर बोकेर सीमावर्ती क्षेत्रमा आफ्नो गतिविधि बढाउने गरेको एक चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भारत र चीनलाई छुट्ट्याउने लडहकहको वस्ती नभएको स्थानमा चिनियाँ सेनाले गतिविधि बढाएको भारतको बताएको छ । ‘भारतीय भूमिमा जनमुक्ति सेनासँग अस्थायी र शान्तिपूर्ण ढंगले आमनेसामने भएको हो,’ चीनको जनमुक्ति सेनाका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ । ‘यो चिनियाँ क्षेत्र हो तत्काल फिर्ता हुनुहोस’ भन्ने सन्देश लेखिएका ब्यानर बोकेर सेना भारतको बुर्तेजबाट फर्किएको उनले बताए । लडहकहमा चिनियाँ गतिविधि बढेको विषयलाई भारतका सैन्य प्रवक्ता कर्णेल एसडी गोस्वामीले भने पुष्टि गर्न अस्वीकार गरेका छन् । चिनियाँ सेनाले गत वर्षको अप्रिलमा पनि सो क्षेत्रमा सैन्य शिविर स्थापना गरेको राजधानी दैनिकमा खबर छ ।
जसका कारण तीन सातासम्म दुई देशका सेनाबीच आमनेसामने भएको थियो । पछि दुई देशका वरिष्ठ अधिकारीबीच वार्तापछि चिनियाँ सेना फर्किएको थियो । सो विवादले सन् १९६२ को सीमा विवादपछि सुध्रिएको सम्बन्धलाई चुनौती दिनुका साथै एक अर्को देशबीच अविश्वास सिर्जना भएको थियो । भारत र चीनको सीमालाई लाइन अफ कन्ट्रोल ९एलएसी० ले अनौपचारिक रूपमा छट्टु्याएको छ ।
कुनै औपचारिक रूपमा सीमारेखा नकोरिए पनि विवादास्पद क्षेत्रमा शान्ति कायम गर्न दुई राष्ट्रले दुईओटा सम्झौतामा हस्ताक्षर गरेका छन् । सीमावर्ती क्षेत्रमा केही किलोमिटर अतिक्रमण गर्न सामान्य मानिए पनि कुनै पनि विवादास्पद क्षेत्रमा शिविर स्थापना गर्नु भने विरलै घटना हुन् ।

प्रकाशित मिति:
August 20, 2014