पिउनेपानीमा ‘कोलिफर्म’ जीवाणु भेटिएको पुष्टि
भदौ ४ । पाल्पाको सिद्धेश्वरमा एक साताअघि झाडाबान्ता फैलिएको गाउ“को पिउनेपानीमा ‘कोलिफर्म’ नामक जीवाणु भेटिएको पुष्टि भएको छ ।
गाउँका झण्डै सय घरले पिउने पानीको नमुना परीक्षण गर्दा त्यस्तो जीवाणु भेटिएको हो ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानीको नमुना परीक्षण गरेको हो । चिकित्सकका अनुसार दिसा र मरेका जनावर पानीको मुहानमा परेमा त्यस्तो पानीमा ‘कोलिफर्म’ जीवाणु पाइन्छ ।
त्यहाँ तल्लो र माथिल्लो असारे गाउ“का १५० घरले पिउने पानीको मूल दुइवटा छ । त्यसमध्ये माथिल्लो मूलको पानीमा जीवाणु भेटिएको डिभिजन कार्यालयले जनाएको छ । अर्को मूलमा भने केही देखिएको छैन ।
‘पहिलो मूलको पानीमा केही देखिएन’ डिभिजन कार्यालयका इन्जिनियर भरत पोखरेलले भन्नुभयो, ‘दोेस्रो मूलको पानी परीक्षण गर्दा भने ‘कोलिफर्म’ जीवाणु देखियो ।’
डिभिजन प्रमुख हरिप्रसाद तिमिल्सेनाले स्थानीय बासिन्दालाई आवश्यक पर्ने ‘पिउस’ र ब्लिचिङ पाउडर वितरण गरिएको जानकारी गराउनुभयो । उहाँले सबै घरमा पुगेर जनचेतना जगाउने काममा स्थानीयवासीलाईसमेत प्रयोग गरिएको बताए ।
सिद्धेश्वरको ४ र ५ को सिमाना वर्गाममा पिउने पानीको मूल रहेका छन् । ती मूलका माथिल्लो भेगमा फोहोर रहेको छ । पानीको इन्टेकमा समेत धारा रहेको र त्यहीँ गाईबस्तुले पानी पिउने, लुगा धुने गरिन्छ ।
जिल्ला स्वास्थ्य कार्यालयले त्यहा“का बिरामीको दिसा परीक्षण गर्दासमेत ‘कोलिफर्म’ जीवाणु भेटिएको थियो ।

प्रकाशित मिति:
August 20, 2014