कानुनले नहुने काम भए मैले भनेको पनि नमान्नुस् : प्रधानमन्त्री
काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले कानुनले नहुने काम भए आफूले भनेकै भएपनि नगर्न सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित आफ्नो कार्यालयमा बुधबार सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि नबनी स्वतन्त्र भएर जनताका पक्ष काम गर्नुपर्ने बताए । साथै, उनले सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा परिवर्तन गर्ने परिपाटीलाई हटाउनुपर्ने सुझाव दिँदै सचिवहरूलाई कसैको दबाबमा नपरी आफ्नो विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिए ।
सरकारी निकायमा बिल बढाएर अनियमितता गर्ने प्रवृति निकै फस्टाएको गुनासो गर्दै प्रधानमन्त्री कोइरालाले सचिवहरूलाई त्यसतर्फ सचेत भई कडा अनुगमन गर्न आग्रह गरे ।
उनले सचिवहरूलाई आफ्नो दशौँ वर्ष लामो सरकारी सेवाको अनुभव सिर्जनशील कार्यमा उपयोग गरी सुशासन कायम गर्न र मुलुकलाई समृद्धिततर्फ डो¥याउन निर्देशन दिए ।
भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्दैआएका कामको सराहना गर्दै प्रधानमन्त्री कोइरालाले सम्पूर्ण निकायले आफ्नो कार्य प्रभावकारी रूपमा गरे मुलुकमा ८÷१० वर्षमै कायापलट हुने दाबी गरे ।
निर्देशनका दौरानमा निकै भावुक भएका प्रधानमन्त्री कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान आउने ठोकुवा गर्दै संविधान निर्माण अघि राष्ट्रपतिलाई अनुमोदन गर्दा संवैधानिक कानुनको अपमान हुने विचार व्यक्त गरे ।

प्रकाशित मिति:
August 20, 2014