बालिका बलात्कारका आरोपित घटनास्थलबाटै पक्राउ
साउन २४ । सप्तरीमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा–६ पिप्रा पूर्वका १९ वर्षीय प्रमोदकुमार मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपितले पीडितको घरमा प्रवेश गरी गएराति ११ बजे बलात्कार गरेको आरोप छ । पीडित रोएको आवाज सुनेर जम्मा भएका घरपरिवारका सदस्य र गाउँलेले घटनास्थलबाटै आरोपितलाई नियन्त्रणमा लिई गएराति नै प्रहरी चौकी धर्मपुरमा जिम्मा लगाएको अधिकारकर्मी सविता न्यौपानेले बताइन् ।
प्रहरी चौकी धर्मपुरले आरोपितलाई आवश्यक कानुनी कारबाहीका लागि आज इलाका प्रहरी कार्यालय कञ्चनरूप पठाएको छ । पीडितको स्वास्थ्य परीक्षणका लागि आज राजविराजस्थित अञ्चल अस्पताल ल्याइने प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताए ।

प्रकाशित मिति:
August 09, 2014