चीनले फेरि दोहोर्यायो- 'नेपालको विकासमा साझेदार बन्न चाहन्छौं'
साउन १६ । उत्तरी छिमेकी राष्ट्र चीनले नेपालको विकासमा साझेदार बन्न चाहेको जनाएको छ । उसले पटक पटक नेपालको विकासमा हातेमालो गर्न चाहेको बताउँदै आएको छ ।
नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ५९औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा भएको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत वु चुनताइले चीन नेपालको आर्थिक–सामाजिक विकासमा साझेदार गर्न इच्छुक रहेको बताए ।
उनले चीन काठमाडौं र हिमाली क्षेत्रमा मात्र नभइ तराईको आर्थिक तथा सामाजिक विकासमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गरे ।
राजदूत चुनताइले नेपालका लागि चीनको आफ्नो कुनै अजेन्डा नभएको तर नेपालको समग्र विकासका लागि नेपालसँग मिलेर काम गर्न चाहेको पनि बताएका छन् ।

प्रकाशित मिति:
August 01, 2014