जाजरकोट उद्योग वाणिज्य संघमा खड्का
दिप बहादुर घर्ति
जाजरकोट १७ साउन । विहीवार सम्पन्न जाजरकोट उद्योग वाणिज्य संघको आठौ साधारण सभावाट अध्याक्ष पदमा कमान बहादुर खड्का निर्वाचित भएका भएका छन । कडा प्रतिष्पर्दाको चुनावी मैदानवाट खड्का निर्वाचित भएका हुन ।
जाजरकोट १७ साउन । विहीवार सम्पन्न जाजरकोट उद्योग वाणिज्य संघको आठौ साधारण सभावाट अध्याक्ष पदमा कमान बहादुर खड्का निर्वाचित भएका भएका छन । कडा प्रतिष्पर्दाको चुनावी मैदानवाट खड्का निर्वाचित भएका हुन ।
विहीवारको चुनाववाट अध्यक्ष पदमा कमान बहादुर खड्का, बरिष्ट उपाध्यक्ष भद्र बहादुर वली, उपाध्यक्ष पारस कुमार वाग्ले, महासचिव बुद्धि बहादुर खत्री, सचिव प्रमिला सिंह राठोर, कोषाध्यक्ष बसन्त प्रशाद शर्मा निर्वाचित भएका छन भने अपाङ्ग सदस्य हासिलाल पन्त,दलित सदस्य भरत नेपाली,जनजाती सदस्य महेश चौधरी, महिला सदस्यमा सुनिता वोहरा र धनसरा सिंह (शाही), खुल्ला सदस्यमा हरि बहादुर थापा, दीर्घराज आर.सी., टीकारम वली र धन बहादुर शाही विजयी भएका छन ।
अध्यक्ष कमान बहादुर खड्काले निकटतम प्रतिद्धन्दी मुकन्द प्रशाद शर्मालाई ३५ मत अन्तरले विजयी हासील गरेका थिए भने बरिष्ट उपाध्यक्ष भद्र बहादुर वलीले प्रतिद्धन्दी सत्रुघन भडेललाई २२ मत अन्तरमा, उपाध्यक्ष पारस कुमार वाग्लेले निकटतम प्रतिद्धन्दी धन बहादुर रावललाई ५४ मतान्तरले, महासचिव विश्व जंग मल्ललाई बुद्धि बहादुर खत्रीले ७१ मतान्तरले, सचिव प्रमिला सिंह राठोरले प्रकाश कुमार खत्रीलाई २५ मतान्तरले र कोषाध्यक्ष वसन्त प्रशाद शर्माले प्रतिद्धन्दी वीर प्रकाश रोकायलाई २४ मतले पछि पार्दै जीत हासिल गरेका छन ।
जाजरकोट उद्योग वाणिज्य संघको निर्वाचनका लागि गठन गरिएको निर्वाचन आयोगले दिएको जानकारी अनुसार जम्मा ५ सय १३ मतदाता संख्यामा विहीवार सम्पन्न निर्वाचनमा ४ सय २१ मतदाता संख्याले मात्र मतदान गरेका थिए ।
निर्वाचन आयोगले प्रकासित गरेको नतिजा अनुसार एकीकृत नेकपा (माओवादी), नेकपा–माओवादी, राप्रपा र राप्रपा नेपाल सुभेक्षक प्रगतिसिल व्यवसायीक प्यानलवाट अध्यक्ष कमान बहादुर खड्का, बरिष्ट उपाध्यक्ष भद्र बहादुर वली, सचिव प्रकिला सिंह, कोषाध्यक्ष बसन्त प्रशाद शर्मा र खुल्ला सदस्य हरि बहादुर थापा विजयी भएका छन भने नेपाली कांग्रेस र नेकपा एमाले सुभेक्षक प्रजातान्त्रीक प्यानलवाट उपाध्यक्ष पारस कुमार वाग्ले, महासचिव बुद्धि बहादुर खत्री, सदस्यहरुमा हासिलाल पन्त, भरत कुमार नेपाली, महेश चौधरी, सुनिता वोहरा, धनसरा सिंह (शाही), दीर्घराज आर.सी.टीकाराम वली र धन बहादुर शाहीले विजयी हासिल गरेका छन ।
निर्वाचन अधिकृत तेज विक्रम शाहले दिएको जानकारी अनुसार खसेको मत ४ सय २१ मध्ये ४ सय १६ मत सदर र ५ मत वदर भएका थिए ।
प्यानल खडा गरि चुनावी मैदानवाट जीत हासिल गरेका उम्मेदवारहरुले सुक्रवार सदरमुकाम खलंगामा सदभाव विजयी –याली, शुभकामना आदान–पदान र भोज पनि छुट्टा छुटै दुई टिममा सम्पन्न गरेका थिए ।
चुनावी परिणाम एउटा प्यानलको पक्षमा मात्र नभै दुवै प्यानलको पक्षमा आएको हुदा जीत र हार कोही कसैको नभएर सवैको भएको चर्चा सदरमुकाममा चलिरहेको छ ।
प्रकाशित मिति:
August 02, 2014