सुनकोशीले खोटाङका १३ गाविस उच्च जोखिममा, सुरक्षित ठाउँमा जान आग्रह
खोटाङ १७ साउन । पहिरोले भोटेकोसी थुनिएपछि खोटाङको १३ गाविस उच्च जोखिममा परेको छ । भोटेकोसीसँग मिसिएर बग्ने सुनकोसी नदी आसपासका डिकुवा, च्यास्मीटार, दुर्छिम, धितुङ, राजापानी, बतासे, लिच्कीराम्चे, सुन्तले, बराहपोखरी, साउनेचौंर, फाक्टाङ, पौवासेरा, धर्तुङ र देविस्थान गाविस उच्च जोखिममा परेको हो ।
कोसी थुनिएर पानी जमेपछि हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाबासीलाई सुरक्षित क्षेत्रमा सर्न आग्रह गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बा¥हबिसेमा जोडिएको राम्चे–५ स्थित जुरेमा खसेको पहिरोले थुनिएर कोसीमा जमेको पानीका कारण आउन सक्ने बाढीबाट बच्न जिल्ला प्रशासन र प्रहरीले सुरक्षित क्षेत्रमा सर्न स्थानीयबासीलाई आग्रह गरेको पत्रकार केदार मगरले जानकारी दिएका छन् ।
घटनाको जानकारी आएलगत्तै प्रशासन र प्रहरीले शनिबार बिहान सार्वजनिक सुचना जारी गरेर सुनकोसी आसपासका सर्वसाधारणलाई उच्च स्थानमा सरेर बस्न अनुरोध गरेको छ । प्रशासनले स्थानीय सञ्चारमाध्यमबाट सुचना जारी गर्दै खतरा कायम रहेसम्मका लागि नदीको किनार आसपासमा नबस्न भनेको छ ।
पहिरोले पानी थुनिएर ताल बनेर जमेको पानी बाढीकारुपमा आएर बगाउने सम्भावना बढेकाले स्थानीयबासीलाई नदीको किनारभन्दा माथि निस्केर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन राईले बताए । उनले भने, ‘पहिरोले थुनिएर जमेको ताल जुनसुकै समयमा फुट्न सक्ने भएकाले सुनकोसी आसपासका स्थानीयबासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको हो ।’
जमेको पानी फुटेर आउने सम्भावनाका कारण जिल्लामा उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्द साहले बताए । उनले भने, ‘सम्भावित क्षेत्रमा आसपासका प्रहरी समेत खटाइएको छ ।’
यस्तै, उदयपुर, ओखलढुंगा, सिन्धुली, रामेछाप लगायत जिल्लाका बिभिन्न गाबिस समेत बाढीको खरतामा परेको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति:
August 02, 2014