भारतीय प्रधानमन्त्री मोदीले पशुपति विकासका लागि भारु २५ करोड दिने
काठमाडौँ, १९ साउन । नेपालमा भ्रमण रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रको बृहत् भौतिक पूर्वाधार विकासका लागि भारु २५ करोड सहयोगको प्रतिबद्धता गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत आफूलाई सो जानकारी आएको पत्रकारहरुलाई बताएका हुन् ।
साउने सोमबारेका अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा विशेष पूजा गर्न केहीबेर अघि मन्दिरमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति:
August 04, 2014