अफ्रिकी मुलुकबाट फर्कनेले ३ हप्ता कसैसँग पनि भेट्न नपाउने
इबोला भाइरसबारे यात्रुसँग चेकजाँच गर्दै स्पेन विमानस्थलमा स्वास्थ्यकर्मी । |
विश्व स्वास्थ्थ संगठन डब्लुएचओ ले विश्वब्यापी महामारी घोषाणा गरेको इबोला भाइरस नेपाल भित्रिन र फैलन नदिन सरकारले अफ्रिकाबाट फर्किएका तीन साता निगरानीमा राख्ने भएको छ ।
सरकारले मंगलबार सार्वजनिक सूचना जारी गरी इबोला भाइरसको संक्रमण देखिएका अफ्रिकी देशबाट फर्किएका व्यक्तिलाई कम्तीमा तीन साता छुट्टै बस्न आग्रह गर्देछ । रोग भित्रिन नदिन अन्य प्राविधिक तयारी गर्न नसकेको अवस्थामा व्यक्तिगत तबरैबाट रोकथाम गराउने उद्देश्यले यसे सूचना जारी गर्न लागिएको खबर नागरिक दैनिकमा छ ।
दोस्रो चरणमा विमानस्थलमै स्वास्थ्थ टोली खटाएर संक्रमण परीक्षण गरिने इपिडिमियोलोजी महाशाखाले जनाएको छ ।
भाइरस संक्रमणपछि रोगको लक्षण देखिन केही समय लाग्ट, यो अवधिमा लसपस गर्दा पुरै परिवारमा रोग सर्ने जोखिम हुन्छ, महाशाखा प्रमुख डाक्टर बाबुराम मरासैनीले सोमबार भने, कम्तिमा तीनसाता परिवारका सदस्य लगायत कसैसँग लसपस नगर्न सार्वजनिक सूचना जारी गर्दैछौं ।
प्रकाशित मिति:
August 12, 2014