स्कुले छात्राको रहरमै निम्तियोे जीवनको वाध्ययता
दिप बहादुर घर्ति
जाजरकोट ९ भदौ । जिल्लाको रामिडाडाँ गाविस धौलाकोटकी शारदाकुमारी वोहरा पढेर जागीर खाने ठुलो मान्छे बन्ने ठुलो सपनामै कालिका आदर्श मावि रामीडाडाँमा पढन थालेको सात बर्ष मात्र वितेको छ । १४ वर्ष जिन्दगीमै कक्षा ७ को पढाई भ्याउन नपाउदै उनी बच्चाको आमा बनेपछि रहरमै गरेको केटा संगको प्रेमले निम्तियायो जीवनमा वेग्लै खालको वाध्ययता ।
जाजरकोट ९ भदौ । जिल्लाको रामिडाडाँ गाविस धौलाकोटकी शारदाकुमारी वोहरा पढेर जागीर खाने ठुलो मान्छे बन्ने ठुलो सपनामै कालिका आदर्श मावि रामीडाडाँमा पढन थालेको सात बर्ष मात्र वितेको छ । १४ वर्ष जिन्दगीमै कक्षा ७ को पढाई भ्याउन नपाउदै उनी बच्चाको आमा बनेपछि रहरमै गरेको केटा संगको प्रेमले निम्तियायो जीवनमा वेग्लै खालको वाध्ययता ।
शारदाका अनुपम चाहाना र कल्पनामै दैनिक स्कुल जाने आउने क्रममै कक्षा ५ मा पढ्दा पढ्दै उनमा कक्षा ७ मा पढ्ने नवराज वोहरालाई प्रेम गर्ने मनवाटै रहर जागेर आयो । १२ वर्षको वालापन अनि अवोध अवस्थामै के ठीक के वेठीक छुटयाउनै नसक्ने अवस्थामै मायाको वोध गर्न थालेकी उनले अन्जान पनमै अर्को नयाँ जीवनको सुरुवात गर्ने निर्णय गरिन् ।
एक अर्कामा माया, प्रेम सुरु भएको एक वर्ष नपाउदै उनले नवराजसंग प्रेम विवाह गर्न पुगिन् । गए वर्षको मंसिरमा विवाह गरेकी शारदा एक वर्ष पनि नपुग्दै बच्चाको आमा वनेकी छिन् । उमेरले आमा वावुको स्नेहीतावाट टाढाँ रहन नसकेकी शारदा पढाइ,लेखाई र पालनपोषण पाउनु पर्ने समयकै वालपनमै वाध्ययतावस उनले अवको सवै समय आफ्नै बच्चाको पालनपोषणमा खर्च गर्ने भइसकेकी छिन् ।
कक्षा ५ को पढाई संगै अन्जान उमेरमै मायाको स्वाद सर्वण गर्न थालेकी सारदाले आफ्नो प्रियासंगको प्रेमको सजिव प्रतिकका रुपमा यही भदौ ३ गते छोरा जन्माएकी छिन् । शारदा आमा बाबुसंगको लरेउलोपनकै उमेरमा सुत्केरी भएपछि आमाको भुमिका पुरागर्नु पर्ने र अर्काेतिर घरको आर्थिक भारले उनको पढईमा पूर्ण विराम लाग्ने पक्का भएपछि उनको रहरले निम्त्याएको जीवनको अनौठो बाध्ययता वनेको छ ।
उमेरको कलिलो अवस्थामै गर्भवती भएर आमा वनेकी शारदालाई शारीरीक पिढाँ त छदैछ उनले पढाइ छोड्नु पर्ने पिढाँसंगै मायाको जिसानी वच्चा र आफनो जीवनको स्याहार गर्नु बाध्यकारी जिम्मेवारी थपिएको छ ।
माया बसेरनै दुवैको सल्लाहले आफुहरुले विवाह गरेको सारदा वताउछिन् ।
माया बसेरनै दुवैको सल्लाहले आफुहरुले विवाह गरेको सारदा वताउछिन् ।
कलिलो उमेरमै विवहा गर्दा पढाइमा बाधा पुग्ने र आफनो स्वास्थ्यमा जटिल्ता आउछ भनेर आफुहरुले नसोचेको उनले वताइन् । उक्त कालिका आदर्श मावि रामाीडाडाँकै अर्कि छात्रा वसुन्धरा वुढाको कथा,कहाँनी र फरक पीढाँ छैन । ९ कक्षामा पढ्ने वसुन्धरा वुढा पनि गर्भवती भएकी छिन् । आगामी असोजमा उनी सुत्केरी हुने मिति पुग्ने भएपछि विद्यालयमा पढ्न आउन छाडी सकेकी छिन् ।
सारदा र वसुन्धरा मात्र हैन अधिकांश छात्राहरु गर्भवती भएको प्रधानाध्यापक पृथीराज ज्योतिले वताउछन । सानै उमेरमा कोही छात्रा सिन्दुर हालेर, चुरापोते लगाएर विद्यालय आउदा अन्य विद्यार्थीहरुलाई पनि प्रभावित वनाउने र कोही छात्रा वच्चाकी आमा वनेर पढईनै छाड्नु पर्ने बाध्ययता भएकोे छ प्रअ ज्योतिले भने ।
प्रअले सानै कक्षा ७÷८ मा पढने विद्यार्थी समुहका विद्यार्थीहरु माया प्रेममा बाँधिने अनि विवाह गर्ने संस्कारकै रुपमा विकास भैसकेको वताए । हाल कक्षा ८ र कक्षा ९ मा पढ्ने धेरै छात्राहरु गर्भवती भएर पढ्न आउनै छोडेको ज्योतिको तर्क छ ।
कानुनले वालविवहालाइ गैरकानुनी र दण्डनीय भनेता पनि गाउँ घरमा वालविवाह गर्ने संस्कारनै भईसकेको रामीडाडाका नरबहादुर गिरी वताउछन । उनले आमावुवा, शिक्षक र अभिभावकहरुको उचित सल्लाह र परामर्षको अभावमा सानै उमेरका बालवालिकाले विवहा गर्ने चलनका रुपमा विकास भएकोे वताए ।
जिल्लामा संस्कारकै रुपमा विकास हुदै गएको वालविवाहलाई न्युनिकरण गर्नका लागि आफुहरले जिल्ला भरि नै जनचेतना फैलाउने काम गरेको तर वालविवाहमा सुधार आउन नसकेको जिल्लामा रहेको महिला तथा वालवालिका कार्यालय प्रमुख स्किम श्रेष्ठल वताइन् । यस्तो खालको समस्या न्युनिकरण गर्नका लागि स्थानीय रुपमा वावु आमाहरुमै जागरण पैदा हुनु पर्ने र बावर आमालेनै सशक्त भुमिका नखेलेसम्म वाल विवाहको समस्या रोक्न गाह्रो हुने श्रेष्ठको तर्क छ । साथै उनले कार्यालयले आगामी कार्यक्रममा विशेष गरी आमा,वुवा र अविभावकका साथमा वालवालिकाहरुलाई वाहविवाहको प्रभाव र त्यसका असरहरुका वारेमा प्रशिक्षित गर्नमा केन्द्रित गर्ने वताईन् ।
प्रकाशित मिति:
August 25, 2014