सानैमा हराएको सपनाको खोजिवाट प्राप्त भएको सफलता
दिप बहादुर घर्ति
जाजरकोट ९ भदौ । राम्रोसंग विद्यालय जान नपाउदैको सानै वाल उमेरमा राधिका खड्काले २०५५ साल मै आफ्ना आमा,बुवा दुवैलाई गुमाईन्न, र उनले हजार आमा,वुवा भेट्ने सपनाको खोजी गर्दै २०५९ साल देखि माओवादीले सञ्चालन गरेको जुनी वाल संरक्षण केन्द्रमा आफ्नो पढाई थालिन ।
जाजरकोट ९ भदौ । राम्रोसंग विद्यालय जान नपाउदैको सानै वाल उमेरमा राधिका खड्काले २०५५ साल मै आफ्ना आमा,बुवा दुवैलाई गुमाईन्न, र उनले हजार आमा,वुवा भेट्ने सपनाको खोजी गर्दै २०५९ साल देखि माओवादीले सञ्चालन गरेको जुनी वाल संरक्षण केन्द्रमा आफ्नो पढाई थालिन ।
सक्लाको सुवाकोटमा प्रहरी कव्जामा परी गोली हानी हत्या गरिएका आमा मनसरा र वावु कुन्त खड्का जस्तै सवैलाई देख्न थालिन राधिकाले, देशमा भिषण युद्ध चलि रहेको थियो, राजाले संकटकाल घोषणा गरेका थिए, माओवादीले गाउँमा शहिदका बच्चाबच्चीहरुको व्यवस्थापनका लागि वालसंरक्षण केन्द्रहरु स्थापना गरेपछि मात्र राधिकालाई आफ्नो पढाईको यात्रामा एकाकार हुने साईत जुर्यो ।
संवेदनशिल वाल मनोविज्ञान भएकी खड्काले मातृ स्नेहीतावाट बन्चित भएता पनि आफुले यही जुनी वाल संरक्षण केन्द्रवाट पढ्दै गएर आफ्नो सवै पढाईलाई समाज सेवामै लगाउने अठोट गरिन । साथै उनले त्यही सानै उमेरमा आफुले भविश्यमा गर्ने समाज सेवावाटै हजार मातृ स्नेहीता पाउन सक्ने आत्म विस्वासको कल्पना सजाउन थालिन । यिनै सुन्दर कल्पनामा आफुले धेरै पटक आँशु र हासो मिसाएको अनुभव राधिकाले हाल सुनाई रहेकी छिन् । हाल आफुले सामाजिक विषय लिएर वीए तेश्रो बर्षको परिक्षा दिई सकेकी राधिका वाताउछिन् ।
आफुले दिएको परिक्षा नतिजा प्रकाशित भईसकेपछि मात्र अव के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिने खड्काले युद्धमा मारिएका र मरेका देश भरीकै शहिदहरुका वालवालिकाहरुको अवस्थाको गहिरो अध्ययन गर्ने आफ्नो जीवकै ठुलो धोको भएर आएको वताईन । युद्धको जटिलता, भिषणता र भव्यतामा उनले जीवनका ठुला–ठुला चुनौतिपूर्ण भोगाईहरु राधिकाले भोगि सकेकी छिन । पढाईको प्रारम्भिक चेतना र चरणमै उनले आधारभुत राजनीति र फौजी ज्ञानलाई आफ्नो व्यवहारीक जीवनमा प्रयोग गरि सकेकी छिन । हिजो आफुलाई अरु कसैले पढाई दियोस भन्ने सोचाईमा पढाईको प्यासमा छट्पटाई रहेकी राधिका आज धेरैलाई पढाउन सक्ने भएकी छिन । ज्ञान, सिद्धान्त र जीवन विचारका वारेमा घण्टौ छलपल गर्न सक्ने भएकी छिन ।
युद्धताका जाजरकोट जिल्ला माओवादी पार्टीको आधार ईलाकानै मानिन्थ्यो र जनसत्ताका माध्यामवाट थुप्रै विकास निर्माण र न्याय निसाफका कामहरु सम्पन्न गरेको दावी माओवादीहरुले अहिले पनि गर्ने गरेका छन् । जिल्लावाट शाहदत्त प्राप्त गर्ने साँढी तीन सय शहिद परिवार र कतिपय होलटाईम्वर कार्यकर्ताका छोराछोरीहरुको खानपिन र लेखाई, पढाईको व्यवस्थापनको लागि २०५९ सालमा माओवादीले पूर्वि जाजरकोटको लहँ सिर्केमा जुनी वाल संरक्षण केन्द्र र पश्चिम जाजरकोटको कोर्ताङ्ग, पजारु, अर्छानी, टालेगाउँहरुमा घुमन्ते जुनी नमुना विद्यालयका रुपमा सञ्चालन गरेको जुनी नमुना विद्यालयका संस्थापक प्रिन्सीपल भीमबहादुर रावत (हिमाल) ले वताए ।
तत्कालीन रुपले शहिद तथा होलटाईम्वर परिवारका बच्चाबच्चीहरुको ब्यबस्थापन जस्तो देखिएता पनि युद्ध आवश्यक जनशक्ति उत्पादन र दीर्घकालिन हिसावले शिक्षा प्रणालीमै नयाँ पन दिने उदेश्यले उक्त केन्द्र र विद्यालयहरु सञ्चालन गरिएको प्रिन्सीपल भीमबहादुरको तर्क छ । आधारभुत तहमै पढाईने विषयहरु अंग्रेजी, गणित, विज्ञान, राजनीति र फौजी कोर्षहरुको साथमा थुप्रै रचनात्मक विषयहरु पढाउने गरिएको थियो प्रिन्सिपल हिमालले भने ।
जुनी नमुना विद्यालय र जुनी वालसंरक्षण केन्द्र संञ्चालन गरेको एक वर्ष भित्रमै व्यवस्थापकिय कामलाई सरल र सहज वनाउनका लागि दुवै विद्यालयलाई मर्ज गरि लहँको सिर्केमा जुनी वाल संरक्षण केन्द्रका रुपमा सञ्चालन गरिएको माओवादी नेता गगनबहादुर खड्का (जीवन) वताउछन् । २०६४÷०६५ साल सम्म लहँको सिर्केमा रहेको जुनी वाल संरक्षण केन्द्रले जाजरकोटको सन्दर्भमा राम्रै विद्यार्थीहरु उत्पादन गर्न सफल भएको अर्का नेता ढकवीर राना (शान्त) वताउछन् ।
साथै रानाले विद्यार्थीहरुको नाम नै लिएर जुम्ला तातापानीकि अनु विसीले हाल एकाउण्ट बिषय लिएर आईएड, कोर्ताङ्ग मेशुका यज्ञश्वर बस्नेतले एचए, जगतिपुरकी जोसिला आचार्यले अनमी, अन्जु आचार्यले सिएमए गरेको र खलंगा पिपेकी अनिता रानाले सव ईन्जिनियर गरेर हाल रुकुम चौरजहारीको सितल उच्च माविको प्राविधिक सायक दरबन्दीमा मासिक २१ हजार तलव खाने गरि जागिर गरिरहेकोे चर्चा गरे ।
हाल उक्त सिर्केमा रहेको जुनी वाल संरक्षण केन्द्रलाई सरकारी जुनी माध्यामिक विद्यालयका रुपमा विकास गरिएको छ । जुनी वाल संरक्षण केन्द्र हुदा समयका भौतिक संरचना विशेष गरि भवन भने निकै जीर्ण अवस्थामा पुगेको छ । त्यसको संरक्षण र प्रयोग नत सरकारी पक्षवाट भएको छ । नत माआवादी पक्ष दुवै पक्षवाट हुन सकिरहेको छैन ।
आजभोली उक्त घरमा दैनिक मुसाहरुको मेला लाग्ने गरेको छ । भित्ताहरु सिस्नुवारीमा परिणत हुने अवस्थामा पुगेका छन । जुनी नमुना विद्यालयका संस्थापक प्रिन्सिपल भीमबहादुर रावत भने हाल राजनीति शास्त्रमा डिग्री गर्ने तयारीमा जुटि रहेका छन भने मजकोट ९ काप्रामा रहेको हिमाल प्राविमा अध्यापन पनि गरी रहेका छन ।
प्रकाशित मिति:
August 25, 2014