नदी कटानको समस्या विकराल बन्दै
धनगढी, २६ भदौ । नदी कटान रोकथामका लागि समयमै प्रभावकारी काम हुन नसक्दा कैलाली जिल्लामा बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन बगेर जाने गरेको छ ।
सम्भवतः देशमै सबैभन्दा बढी सङ्ख्यामा नदी, खोला र खोल्सा भएको जिल्लाका रूपमा चिनिएको कैलाली जिल्लामा वर्षायाममा बर्सेनि हुने नदी कटानसँगैको डुबानको समस्या विकराल हुँदै जाँदा नदी आसपासका जग्गासमेत बालुवामय हुने गरेको छ ।
खासगरी उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णाली, खुटिया, कान्द्रा, काँडा, कनरा, लिक्मा, शिवगङ्गा, गोदावरी गौरीगङ्गा, टुडेलालगायतका नदीले आसपासको जग्गा कटान गर्ने गरेको जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं ७ धनगढीले जनाएको छ ।
यसबाहेक नेपाल–भारत सीमा क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदी र अन्य खोलामा बर्सेनि आउने बाढीले जग्गा कटान गर्ने गरेको कार्यालयका इन्जिनियर गौतम भण्डारीले बताए ।
मोहनामा आउने बाढीले सीमा क्षेत्रका सीमास्तम्भलाई समेत क्षति पु¥याउने गरेको छ । जसका कारण सीमा स्तम्भहरू हराउने वा भत्किने समस्या पनि उत्पन्न हुने गरेको छ ।
कुनै पनि नदी नियन्त्रणको कामका लागि नदीको निश्चित दूरीमा कम्तीमा पनि तीनवटा स्पर निर्माण गर्न जरुरी रहेको भए पनि पर्याप्त बजेट अभावका कारण यी काम हुन नसकिरहेको इन्जिनियर गौतम बताउँछन् ।
तराईका जिल्लामा प्रकोप नियन्त्रण कार्यक्रमअन्तर्गत नदी नियन्त्रण कार्यका लागि सरकारले निकै कम बजेट रु ७५ लाखमात्रै छुट्याउने गरेकाले पनि पर्याप्त बजेटको अभावमा नियन्त्रणको काम प्रभावकारी बन्न नसकेको बताइएको छ ।
यस वर्ष नदी नियन्त्रणको गुरुयोजनाअन्तर्गत कैलालीको टुडेला र गोदावरी नदी नियन्त्रणका लागि रु ३५ लाख र गौरीगङ्गा नदी नियन्त्रणका लागि रु १५ लाख बजेट छुट्याइएको गौतमले जानकारी दिए ।
पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ चुरेपहाडसम्मको भागमा कटानको समस्या र राजमार्गदेखि दक्षिणको भागमा कटान र डुबानको समस्या रहेको छ ।
साउनको अन्तिम साता आएको बाढीका कारण कर्णाली, कान्द्रा, शिवगङ्गा, गौरीगङ्गा र खुटिया नदी आसपासको जग्गा कटान भएको छ भने कतिपय भागको जग्गा बालुवाले पुरिएको छ ।
बर्सेनि कटान र डुबानको समस्या बढ्दै जाँदा नदी आसपासका कतिपय पुराना बस्तीका बासिन्दाले विस्थापितको समस्या झेलिरहेका छन् ।
वर्षायामसँगै गाउँका बासिन्दामा सन्त्रास फैलिने गरेको छ, मोहना नदीपारिको रतनपुर गाविस, घुइँयाफाटाका रामकुमार चौधरीले भने, “वर्षा हुनासाथ नजिकैको जङ्गलको अग्लो भागमा गएर आश्रय लिनुपर्ने अवस्था सिर्जना भएको छ ।”
नदी नियन्त्रणका लागि नदीहरूमा निर्माण गरिने स–साना स्परहरू बाढीले पुरिदिने वा बगाएर लैजाने भएकाले नदी नियन्त्रण कार्य प्रभावहीन देखिएको स्थानीयवासीको अनुभव छ ।
वन जङ्गल र चुरे क्षेत्रमा बढ्दै गएको अतिक्रमणसँगै नदी कटान र डुबानको समस्या पनि विकराल बन्दै गएको बताइन्छ ।
यसैबीच यस वर्षदेखि मोहना नदी नियन्त्रणको काम जनताको तटबन्धन कार्यक्रममा समावेश गरी तटबन्धनको योजना तयार पारिएको जनाइएको छ ।

प्रकाशित मिति:
September 11, 2014