पतिसँगको झगडामा श्रीमतीद्वारा मट्टीतेल छर्केर आत्महत्याको प्रयास
भदौ २६ । महोत्तरीको सहसौला गाविसमा पतिसँगको झगडामा मट्टीतेल छर्केर आत्महत्याको प्रयास गर्दा एक महिलाको आधा शरीर जलेको छ ।
सहसौला गाविस–६ बस्ने जयकिशोर महराकी २३ वर्षीया पत्नी सुशीलादेवी महराले जीउमा आगो लगाएर आत्महत्याको प्रयास गर्दा निजको शरीरको धेरैजसो भाग नराम्ररी जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गएराति घरायसी कुरालाई लिएर पतिसँग विवाद हुँदा सुशीलाले घरका सबैजना सुतेपछि आत्महत्याको प्रयास गरेकी थिइन् ।
उनले शरीरमा आगो लगाएको थाहा पाउने बित्तिकै रातिनै उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको परिवारजनले जनाएको छ ।

प्रकाशित मिति:
September 11, 2014