पिएलएको अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी, महासचिवमा गुरागाईं
काठमाडौँ, २६ भदौ । प्रगतिशील कानुन व्यवसायी एसोसिएसन (पिएलए)को प्रथम राष्ट्रिय सम्मेलनले अधिवक्ता एकराज भण्डारीको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिका पाँच उपाध्यक्षहरूमा बैकुण्ठ दाहाल (पूर्वाञ्चल), भोजराज सुवेदी (मध्यमाञ्चल), ज्ञानु केसी (पश्चिमाञ्चल), तीर्थ ज्ञवाली (मध्यपश्चिमाञ्चल) रामबहादुर केसी (सुदूरपश्चिमाञ्चल) तथा महासचिवमा केदार गुरागाईं, सचिवमा कपिलचन्द्र पोखरेल र कोषाध्यक्षमा हरिन्द्रप्रसाद राई निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरूमा नरेश खड्का, खासमान लिम्बू, शान्ति कक्षपती, पृथ्वीनाथ राई, बालकृष्ण गैरे, पुरुषोत्तम नेपाल, गङ्गाबहादुर कोइराला, बालकृष्ण बराल र गोविन्द च्वाईं निर्वाचित भएका छन् ।
सम्मेलनले सङ्घीय गणतन्त्रात्मक नयाँ संविधान निर्माण गर्ने, जनउत्तरदायी स्वतन्त्र एवम् सक्षम न्यायपालिका बनाउने, न्यायाधीशको नियुक्ति प्रक्रिया पारदर्शी बनाउने र न्यायाधीश नियुक्तिमा नेपाल बारबाट ५० प्रतिशत हिस्सा लिने, बेपत्ता नागरिकलाई शीघ्र सार्वजनिक गर्नेलगायतका नौबुँदे प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति:
September 11, 2014