दलहरुबीच सहमति, भदौ ३१ मा सर्वपक्षीय राजनीतिक सभा
सर्वपक्षीय राजनीतिक सभा कहिले गर्ने भनी विवादमा रहेका दलहरु अन्नतः सहमतिमा पुगेका छन् । चार दलीय कार्यदलले राजनीतिक सभाको मितिमा सहमति गरेको छ । आगामी भदौ ३१ गते सर्वदलीय सभा गर्ने सहमति भएको हो । सो सभा संविधानसभा भवनमा हुने भएको छ ।
यसअघि कांग्रेस र एमालेले ३१ गते गर्ने प्रस्ताव गरेका थिए । तर, बैद्य माओवादीले भने असोेज १ गते गर्नु पर्ने अडान राखेको थियो ।
राजनीतिक सभामा संविधानसभामा रहेका सम्पूर्ण दल र संविधानसभा बाहिर रहेका नेकपा माओवादी सहितको ३३ दलीय मोर्चाका दलहरु सहभागी हुनेछन ।
प्रकाशित मिति:
September 12, 2014