धर्म निरपेक्षसहित संविधान बने भोलिपल्टै शान्तिवाटिकामा जल्छ : खड्का
भदौ २७ । नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काले संविधान जलाउने चेतावनी दिएका छन् । उनले धर्म निरपेक्षसहितको संविधान जारी गरे भोलिपल्टै राजधानीको शान्ति बाटिकामा नयाँ संविधान जलाउने चेतावनी दिएका हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले ८१ दशमलब ५ प्रतिशत जनता हिन्दु भएको मुलुकमा कांग्रेसले धर्म निरपेक्षतामा गएर गल्ती गरेको तर्क समेत गरेका छन् । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनु पर्ने माग उनको छ ।
अब बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा आफूले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघीयताबिनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने पनि उनले जानकारी दिए ।
उनले कांग्रेसका सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपनि कोठाभित्र हिन्दु धर्मकै पक्षमा रहे पनि बाहिर बोल्न नसकेको दाबी गर्दै केन्द्रीय समितिमा पनि हिन्दु राष्ट्रको पक्षमा बहुमत पुग्ने ठोकुवा समेत गरे ।
कार्यक्रममा उनले संघीयताले मुलुकको हित नगर्ने समेत बताए ।

प्रकाशित मिति:
September 12, 2014