कार्यालय सहयोगीद्धारा कार्यालयलाई जग्गा दान
दिप बहादुर घर्ति
जाजरकोट १२ असोज । कोष तथा लेखा नियन्त्रण जाजरकोट कार्यालयमा कार्यारत एक कार्यालय सहयोगी द्धारा आफ्नै कार्यालयलाई चौसठ्ठी आना जग्गा दान गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटको आफ्नै भवन निर्माण गर्नका लागि जग्गा आवश्यक परेपछि कार्यालय सहयोगीले उक्त जग्गा दान गरेका हुन् ।

खलंगा ४ बोहरा निवासी कार्यालय सहयोगी दुर्गा प्रसाद भडेलले चौसठ्ठी आना जग्गा कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटलाई दान गरेका हुन् । भडेलले मालपोत कार्यालयमा गै कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटको नाममा चौसठ्ठी आना जग्गा नामसारी गरि पास दिएको जिल्ला मालपोत कार्यालयले जनाएको छ । आफ्नो भवन नहुँदा सो कार्यालय स्थापना काल देखी भाडाको घरमा बस्दै आएको छ ।
सरकारी कार्यालयलाई भवन निर्माणको लागी मात्र सम्वन्धित मंत्रालयबाट बजेट प्राप्त हुने तर जग्गा खरीदको लागी रकम प्राप्त नहुने भएकोले जग्गा नहुदा भवन निर्माण हुन नसकेको सो कार्यालयका लेखापाल खेमराज शर्माले बताए । ३२ बर्ष देखी सोही कार्यालयमा कार्यारत कार्यालय सहयोगी दुर्गा प्रसाद भडेलले जग्गा दान गरेपछि चालु आर्थिक बर्षमा नै भवन बन्ने लेखापाल शर्माको भनाई छ ।
आफनै सन्तान नभएका भडेल र उनकी पत्नी बागेश्वरी भडेलले भने मरेर लानु के छर भनेर कार्यालयलाई जग्गा दान गरेका हौ । जग्गादान गर्ने कार्यालय सहयोगी भडेलको उच्च मुल्यांकन गदै निजामति सेवा पुरस्कारको लागी सिफारिस गरिएको कोष तथा लेखा नियन्त्रक हरिकृष्ण देवकोटाले बताए ।
प्रकाशित मिति:
September 28, 2014