‘माघ आठ’लाई पर सार्नु उचित हुँदैन : ओली
काठमाडौँ, ११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्ने मूल कार्यतालिकालाई पर सार्नु कुनै पनि हालतमा उचित नहुने बताएका छन् ।
वाम–लोकतान्त्रिक आन्दोलनकी अगुवा सहाना प्रधानको पाँचाँै स्मृति दिनमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष ओलीले समयमा लोकतान्त्रिक संविधान जारी गरेर नेत्री प्रधानको सपना पूरा गर्नुपर्ने धारणा राखे ।
उनले भने, “एमाले मुलुकमा सङ्क्रमणकाललाई लामो समय राखिरहन चाहँदैन, त्यसैले सकेसम्म छोटो समयमा संविधान बन्नुपर्छ । माघ ८ गतेको कार्यतालिकाका लागि पर सार्ने र संविधान बन्न नदिने कार्य कुनै पनि हालतमा उचित हुँदैन ।”
उनले मुलुकमा पुनः हिंसा र तानाशाह जन्मन नसक्ने गरी आधारभूत रुपमा एकता र सहमतिका आधारमा संविधान ल्याउनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति:
September 27, 2014