खाजा कार्यक्रमबाट विद्यार्थी नियमित विद्यालय आउन थाल्यो
पाल्पा, १० असोज । पाल्पा जिल्लाको सदरमुकाम तानसेनस्थित महेन्द्र उच्चमाविले कक्षा ३ सम्म खाजा कार्यक्रम लागू भएपछि विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् ।
विद्यार्थी नियमित विद्यालय नआएपछि विद्यालय र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा खाजा कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमित विद्यालय आउन थालेका विद्यालयले जनाएको छ ।
विद्यालयले खाजा व्यवस्था गरेपछि उनीहरू दिनभरि नै कक्षा कोठामा बसेर अध्ययन गर्न थालेको विद्यालयकी प्राचार्य सुशिला श्रेष्ठले बताइन् । खाजा कार्यक्रम लागू भएपछि नियमित ६० विद्यार्थी भर्ना भएकामध्ये ५५ विद्यार्थी नियमित रूपमा आउने र दिनभरि नै विद्यालयमा रहेर पढ्ने गरेका श्रेष्ठको भनाइ छ । रासस

प्रकाशित मिति:
September 26, 2014