कालोपत्रे उम्किएर खाल्डो पर्दा दुर्घटनाको खतरा
हेलो खबर सम्वाददाता
जाजरकोट ११ असोज । निर्माण कार्य पुर्ण रुपमा नसिकदै कालो पत्रे डरलाग्दो रुपले भत्किएपछि छिन्चु जाजरकोट सडक खण्डको यातायायत सेवा जोखिमपुर्ण वनेको छ । विस्व वैंकको आर्थिक सहयोगमा सडक विभागले गत जेठ महिनामा निर्माणकार्य सकेको भनिएको सुर्खेतको पोखरे देखि जाजरकोट सदरमुकाम खलंगा सम्मको कालो पत्रे गरिएको सडक एक महिना नपुग्दै ठाँउ ठाउँमा भत्किएपछि दुघर्टनाको खतरा वढेको हो ।
ठाउँ ठाउँमा कालोपत्रे उम्किएर ठुला ठुला खाल्डाहरु वनेपछि गाडीको यात्रा जोखिमपुर्ण वनेको यातायात व्यावसायीहरु वताउछन् । कार्कीगाउँ गाविसको कालाभुर स्थित कालापहाडमा तीन मिटर जति सडकमा गरिएको कालोपत्रे पुरै भत्किएपछि गाडी दुर्घटनाको सम्भावना निकै वढेको नलगाड यातायात व्यावसायी समितिका बस चालक नेत्रवहादुर वस्नेतले वताए । उनले दुइ पटक आफनो गाडी कालो पत्रे भत्किएर वनेको ठुलो खाल्डोमा फसेर दुर्घटनाको नजिक पुगेको वताए ।

काममा संलग्न ठेकेदार कम्पनीहरुले गुणस्तरीय काम नगरेका कारण कार्य पुरा नहुदै सडक भत्किन सुरु गरेको स्थानीयहरुको आरोप छ । नाममा कालो पत्रे भएपनि अवको एक वर्ष भित्र पुर्ण रुपमा मर्मत नभए कच्ची सडकको हालतमा पुग्ने अनुमान स्थानीय वासिन्दाहरुको छ ।
सुर्खेतको पोखरे देखि जाजरकोट सदरमुकाम सम्म को ८० किलोमिटर सडकमा कालोपत्रे गर्नका लागि तीन वटा निर्माण कम्पनीहरुले जिम्मा लिएका थिए । सुर्खेतको पोखरे देखि सल्लीवजार र सल्लीवजार देखि जाजरकोटको छेडाचौर सम्मको भागमा कालोपत्रेका लागि आशिस गोर्खा जेभी निर्माण सेवाले जिम्मा लिएको थियो भने छेडा देखि कुदु सम्मको सडकमा वाइपी÷गौरीपार्वती जेभी निर्माण सेवा र कुदु देखि खलंगाको शान्तिचौतारा सम्मको जिम्मा हिन्दुङ÷ थोकर÷भैरव जेभी निर्माण सेवाले कालोपत्रेको जिम्मा लिएका थिए ।
अहिले विषेश गरि सुर्खेतको राकम देखि जाजरकोटको छेडाचौर र कुदु सम्मको कालोपत्रे उम्किएर सडकको स्वरुप विग्रीएको छ । १८ महिनामा सक्ने भनिए पनि ढिलासुस्तीका कारण साढे दुइ वर्ष लगाएर काम सकिएको हो ।
एक खण्डमा काम भइरहेका वेला अर्काे खण्डमा कालोपत्रे भत्किन सुरु गरेपनि सरोकारवालाले कुनै वास्ता नगरेको निर्माण व्यावसायी संघ जाजरकोटका महासचिव रणवहादुर कार्कीले वताए । उनले नाम र लगानी विश्व वैंकको भएपनि काम गर्ने निकायले भरपर्दाे काम नगरेको वताए ।
विगतमा सडक निर्माणका वेला निकै गुणस्तरीय काम गरेको भनेर विश्व वैंकको प्रशंसा गर्ने जाजरकोटवासीहरु यति वेला भने तितो आलोचना गर्न थालेका छन् । जसले काम गरेको भएपनि सडकको कालोपत्रे नाम मात्रको छ, खलंगा २ का स्थानीय गणेशवहादुर शाहले भने । उनले कालो पत्रे भन्नु मात्रै सडक भरि खाल्डो परेर यात्रा कष्टकर हुने गरेको वताए ।
छिन्चु जाजरकोट सडक आयोजनाका प्रमुख इस्वरवहादुर रिजालले कालोपत्रे गरिएको सडक निर्माण कम्पनीहरुले सडक विभागलाइ हस्तान्तरण नगरेका हुनाले मर्मतको जिम्मेवारी पनि उनीहरुकै भएको वताए । उनले पोखरे देखि छेडाचौर सम्मको कालोपत्रे गरिएको सडक आशिष गोर्खा जेभी निर्माण सेवाले कार्तिक भित्र डिभिजन सडक कार्यालय चौरजहारीलाइ वुझाउनु पर्ने र अन्य भागको सडक आगामी जेठ सम्म सडक कार्यालयलाइ वुझाउने सम्झौता भएको हुनाले यो अवधि भरि सडक विग्रेको स्तर सुधार तथा अन्य मर्मतका काम निर्माण कम्पनीकै भएको वताए । विग्रेको सडकको मर्मत एवं स्तर सुधारका लागि निर्माण कम्पनीहरुलाइ ताकेता गर्ने जिम्मेवारी परामर्षदाताको भएको पनि उनको भनाइ छ ।
प्रकाशित मिति:
September 27, 2014