असोज–१४ । (केदार मगर ) नेपालीहरुको मुख्य चाड दशै तथा तिहारमा हुन सक्ने सम्भावित घटनालाई न्युनिकरण गर्न जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । दशै तथा तिहारको अवसरमा हुन सक्ने घटनालाई न्युनिकरण गर्न जिल्लाको मुख्य नाका मानिएको क्षेत्रहरुमा उच्च सुरक्षा सर्तकता अपनाइएको हो ।
दशै तथा तिहारको समयमा जिल्लामा मानिसको चाप बढि हुने भएकाले मुख्य नाका मानिएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी
गोबिन्द सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, चाडपर्वको समयमा अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्ने र झैझगडा हुने भएकाले सम्भावित क्षेत्रहरुमा उच्च सुरक्षा सर्तकता अपनाइएको हो ।’ सदरमुकाम दिक्तेलसहित जिल्लाका मुख्य व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने बैंक तथा वित्तीय संस्था, जिल्ला प्रवेश गरिने मुख्य नाकाहरु लगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । यसका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको मुख्य नाका मानिएको जयरामघाटमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी खटाइएको छ । उक्त ठाउँमा गुण्डागर्दी, चोरीडकैती तथा अनावश्यक झैझगडा बढि हुने भएकाले च्यास्मिटार प्रहरी चौकीले हेर्नेगरी प्रहरी टोली खटाइएको हो ।
जयरामघाटमा सुरक्षाकर्मीको अभावमा स्थानीय डन भनाउँदाहरुले मनोपली गर्ने गरेको व्यापारीहरुको गुनासो छ । उनीहरुले यसअघि उक्त ठाउँमा पटकपटक प्रहरी चौकी राख्न प्रशासन समक्ष माग गर्दै आएको छ ।
Powered by Blogger.
चाडपर्वलाई लक्षित गरी उच्च सुरक्षा सर्तकता
प्रकाशित मिति:
October 01, 2014