अाफू बसेको ठाँउ फाेहर गर्दा एसियाड अायोजकले तिराए नेपाललार्इ जरिवाना
१७ औँ एसियाली खेलकूदमा भागलिन कोरिया गएका केहि नेपाली खेलाडीहरु कोरियामै लुकेर नेपालको बेइज्ज त गरे गरे त्यहाँ गएका नेपाली खेलाडी र पदाधिकारीहरुले नेपालका लागि अर्काे बेइज्जत गरेका छन् ।
आफू बसेको भिलेजको कोठाको भित्ता बिगारेको ,कोठामा फोहोर पोतेको र ढोकासमेत भाँचेको भन्दै आयोजकले नेपालार्इ ३ हजार डलर क्षतिपूर्ति तिराएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एसियाडमा खेलाडीहरुले कोठा फोहोर गर्दा नेपालले तीन हजार डलर तिरेको खुलासा गरेका हुन् । उनले लेखेका छन्,‘लाजमर्नु भयो, नेपालका खेलाडीले भित्ता कोरेको,कोठा विगारेको आदिको जरिवाना तीन हजार डलर राखेपले तिर्यो ।१७ औं एसियन खेलकुद आयोजकलाई ।’ दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एसियाडमा सहभागि नेपाली टोलीका सेभ द मिसन छिमी उर्गेन गुरुङले पनि खेलाडी र पदाधिकारीका कारण आयोजकले नेपाललाई जरिवाना गराएको स्वीकारे ।
उनले भने,‘खेलाडी र पदाधिकारीले गरेको नराम्रो कामका कारण नेपाललाई जरिवाना लागेको हो ।’ इन्चोन भिलेजका लागि नेपालले राखेको डिपोजिटबाट जरिवाना तिरिएको गुरुङले जानकारी दिए । नेपालले ९४ लाख पाँच हजार रुपैयाँ डिपोजिट गरेको थियो । भिलेज खर्च र जरिवाना कटाएर आयोजकले १६ लाख एक सय १२ रुपैयाँ फिर्ता गरेको उनको भनाइ छ ।

आजको नयाँ पत्रिकाबाट
प्रकाशित मिति:
October 22, 2014