नीलो पासपोर्ट बाट मानव तस्करी गर्छन सरकारी कर्मचारी
काठमांडाै ,५ कार्तिक । सरकारले सरकारी कर्मचारीहरुलाई बिषेश सुबिधाकालागि दिएको नीलो पासपोर्ट दुरुपयोग हुने गरेको भेटिएको छ । नीलो पासपोर्ट दुरुपयोगको आरोपमा सहसचिवसहितका कर्मचारी छानबिनमा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास मन्त्रालयका सहसचिव सुनीलकुमार कर्णलगायतका अधिकारीमाथि छानबिन थालेको हो । कर्मचारीमाथि मानव तस्करीमा सहयोग गरेको आरोपमा अख्तियारले छानबिन थालेको हो ।
गैरसरकारी संस्थाको आवरणमा युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता देशमा मानव तस्करी गर्दै आएका श्यामराज पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले पक्राउ गरेपछि उच्च तहका निजामती कर्मचारीहरूको संलग्नता भेटिएको थियो । पाण्डेलाई हाल अख्यियारले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । छानबिनमा तानिएकाहरूमा हाल सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कर्णसहित उपसचिव विनोद खनाल, शाखा अधिकृत नारायण खतिवडालगायत करिब १२ कर्मचारी छन् ।
अधिकृत खतिवडा सहरी विकासमन्त्री नारायण खड्काका पिए हुन् । त्यस्तै, ठोस फोहोर व्यवस्थापन प्राविधिक सहायता केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा अमात्यलगायतका कर्मचारीमाथि पनि छानबिन थालिएको अख्तियार स्रोत बताउँछ । दुई महिनाअघि पक्राउ परेका पाण्डेले सेमिनारका नाममा सरकारी कर्मचारीसँगै सर्वसाधारणलाई विभिन्न देशमा पठाएर लाखौँ असुल्ने गरेको अनुसन्धानमा खुलेपछि कर्मचारीहरू छानबिनमा तानिएको स्रोतको भनाइ छ । आजको नयाँ पत्रिका दैनिमा खबर छ ।

प्रकाशित मिति:
October 22, 2014