फेसबुकमा युवतीको नक्कली अकाउन्ट खोलेर नग्न तस्बीर राख्ने युवक पक्राउ
कात्तिक ५ । युवतीको नाम र फोटोमा नक्कली फेसबुक अकाउन्ट खोलेर नग्न तस्विर राखी चरित्र हत्या गर्न खोज्ने एक युवक पक्राउ परेका छन् ।
काठमाडौंस्थित रामकोट १ मा स्थायी घर भएका विकास राज गिरीले सोही ठाउँ बस्ने एक युवतीको नक्कली फेसबुक अकाउन्टबाट अश्लिल फोटो तथा अस्लिल शब्दहरू राखेर चरित्र हत्या गरेका थिए ।
महिलाको चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको महानगरिय प्रहरी अपराध महाशाखाले जनाएको छ।
२९ वर्षे गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले कात्तिक ४ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ।

प्रकाशित मिति:
October 22, 2014