गोकणर्मा पाकेन खिचडी, बिना उपलब्धी फर्के तीन दलका नेता
संघीयताको विषयमा दलहरु आ–आफ्नो अडानमा रहेपछि अर्को बैठक ९ गते बस्ने निर्णय गरी नेताहरु फर्केका हुन् ।
दुई दिन सम्म लगातार गोकर्ण धाएर बिना उपलब्धी फर्केका दलका नेताले विषयबस्तुमाथि गम्भीर छलफल भएको तर सहमति हुन बाँकी रहेको.भन्ने रटान पुनः दोहो¥याए छन ।
गोकर्ण स्थित भिलेज रिसोर्टमा मङ्गलबार देखिनै बैठक गर्ने भन्दै नेताहरु लागि परेका भएपनि मङ्गलबार सबै नेता जम्मा हुँदा खेरी साँझ परिसकेको हुनाले समान्य अनौपचारिक कुराकानी मात्रै गरेर फर्केका थिए ।
मंगलबार विहानदेखि तीन दलका नेताहरु गोकर्ण पुगेर पुन छलफलमा जुटेका थिए । छलफलका क्रममा शीर्षनेताहरुका बीचमा संविधानमा सहमति कायम हुन बाँकी रहेका विषयहरुः राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणाली, यी विषयमा गम्भीर ढंगले कुराकानी भएको स्रोतले जनाएको छ ।
प्रकाशित मिति:
October 22, 2014