बिरामी पर्यटक लिन गएको हेलिकप्टर ६ दिनदेखि बिरामी
डोल्पा, १४ कात्तिक । त्रिपुराकोट डोल्पा सदरमुकाम दुनैदेखि साठी कोष टाढा पर्ने साल्दाङ गाविस र से–फोक्सुन्डो गाविसका बीचमा पर्ने ङाङ्ला लेकमा गत छ दिनअघि बिरामी परेका विदेशी नागरिक लिन पुगेको फिस्टेल एअरको हेलिकप्टर आफैं बिग्रेको छ दिन पुगेको छ ।
हेलिकप्टरको पछिल्लो भागमा खराबी आएपछि सो हेलिकप्टर उड्न नसक्ने अवस्थामा पुगेकोे जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
सो हेलिकप्टरको मर्मतका लागि गत चार दिनदेखि प्राविधिक बोलाई निर्माणकार्य भइरहेको प्रशासनले जनाएको छ ।
उक्त ठाउँमा एकदमै चिसो र बस्न नसकिने भएकाले मर्मतका लागि बिहान अर्को हेलिकप्टरमा जाने अनि बेलुकी सोही हेलिकप्टरबाटै सदरमुकाम दुनै झर्ने गरेको र मर्मत गर्न अझै एक दिन लाग्ने जनाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बताए ।
बिरामी विदेशी नागरिकलाई अर्को हेलिकप्टरबाट उद्धार गरिएको पनि उनले बताए ।
प्रकाशित मिति:
October 31, 2014