होला त ६ दिनसम्म संसार अँध्यारो ?
कात्तिक १४ । केही दिन अगाडी एक अंग्रेजी अनलाइनले नासाको हवाला दिँदै आगामी डिसेम्बर महिनामा ६ दिन पूरै अँध्यारो हुने खबर प्रकाशित गर्यो । जुन कुरा विश्वभर सामाजिक सञ्जालहरुमा भाइरल सरी फैलियो ।
अहिले पनि उक्त कुरा भाइरल बनेको छ । धेरै सर्वसाधरणले अझै पनि संसार अँध्यारो हुने पो हो कि भनेर पत्याईरहेको समेत पाइएको छ ।
तर, उक्त कुराको नासाले खण्डन गरिसकेको छ । नासाले भ्रामक समाचार प्रसारण गर्ने अनलाइनले चर्चामा आउन मात्रै उक्त समाचार प्रसारण गरेको भन्दै संसार अँध्यारो हुने भन्ने खबर झुटो भएको समेत जनाई सकेको छ । नासाले समाचारको खण्डन गरिसकेको भएपनि केही अनलाइनलहरुले उक्त कुरालाई साँचो मानी प्रसारण गर्दा झनै भ्रम सिर्जना भएको हो ।
यसैबीच, उक्त अनलाइनले भ्रामक समाचार प्रसारण गर्ने गरेको खुलासा भएको छ । सोही अनलाइनले अब फेसबुक र ट्विटरले त्यसका प्रयोगकर्ताले केही कुरा (स्टाटस, फोटो, ट्विट) पोष्ट गर्दा पैसा तिर्नुपर्ने व्यवस्था लागू गर्न लागेको भ्रामक समाचार छापेको छ । सो अनलाइनले केही समय अगाडी एक जना मृत अमेरिकन कलाकारले आफू जीवित रहेको दाबी गरेको नक्कली रिपोर्ट प्रकाशित गरेको थियो ।
आफ्नो बारेमा केही नखुलाइएको उक्त वेवसाइट पिंग गरी आइपी ठेगानाका आधारमा अमेरिकाबाट चलाइएको देखाइएको छ ।
प्रकाशित मिति:
October 31, 2014