राप्रपा, नयाँ शक्ति र विवेकशिल पार्टी राष्ट्रिय दल नबन्ने पक्का, आजै समानुपातिकको मतगणना सकिने

प्रत्यक्षतर्फ १ सिट जितसँगै तीन प्रतिशत थ्रेसहोल्डका कारण कमल थापाकाे राप्रपा र बाबुराम भट्टराइकाे नयाँ शक्ति र रविन्द्र मिश्रकाे विवेकशिल पार्टी राष्ट्रिय दल नबन्ने निश्चित जस्तै बनेको छ ।
शुक्रबार ७३ जिल्लाको मतगणना सम्पन्न भईसक्दा उनीहरुले तीन प्रतिशत कटाउन सकेका छैनन् । यो सँगै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी पार्टी र राजपा मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ ।
समानुपातिक तर्फको मतपरिणाम आजै अबेरसम्म सकिने निर्वाचन आयोगले जनाएकाे छ ।
समानुपातिकतर्फ गणनामा अहिलेसम्म एमालेले २९४०९१३ अर्थात ३३.८७ प्रतिशत मत पाएको छ। कांग्रेसले २८५८४९३ अर्थात ३२.९२ प्रतिशत मत पाउको छ। माओवादीले ११८३७०२ अर्थात १३.६३ प्रतिशत मत ल्याएका छन्। यस्तै, फोरमले ४१६५३३ अर्थात ४.८० प्रतिशत मत ल्याउँदा राजपाले ३७९२७८ अर्थात ४.३७ मत ल्याएको छ।
गणना नसकिँदै कुन–कुन दल राष्ट्रिय पार्टी बन्ने वा समानुपातिकमा सिट पाउने भन्न नसकिने निर्वाचन आयोगले बताएको छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् ।
प्रकाशित मिति:
December 15, 2017