प्रभु लाइफ इन्स्योरेन्सको कारोबार सुरु
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले व्यवसायिक कारोबार औपचारिक रुपमा सुरु गरेको छ ।
प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र अन्य केही प्रतिष्ठित व्यवसायिक समूहको लगानीमा सञ्चालित इन्सुरेन्सले बिहीबारदेखि कारोबार सुरु गरेको हो ।
इन्स्योरेन्सको कारोबार बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले एक समारोहका बिच उदघाटन गरेका थिए ।
सो अवसरमा बीमा समितिका अध्यक्ष चापागाईँले बिमाको सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताउँदै बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी पाउने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने उल्लेख गरे ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन । कम्पनीले ४० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने योजना लिएको छ ।
प्रकाशित मिति:
December 15, 2017