माघ १५ देखि बुटवल पावरको एफपिओ, प्रतिकित्ता ५०१ रुपैयाँ
काठमाडौं ८ माघ ।
बुटवल पावर कम्पनी सेयर प्रतिकित्ता ५०१ मा भर्न पाइने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन (एफपिओ) को बिक्री खुला गर्दैछ । जसको मुल्य ५०१ रुपैयाँ कायम गरिएको हो ।
कम्पनीको एफपिओमा न्यूनतम दश कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकत्म २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।
एफपिओमा छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन गर्न पाइने कम्पनीले जनाएको छ ।
एपपिओ एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।
प्रकाशित मिति:
January 21, 2018