पक्राउको डर– दिपक मनाङे सपथ लिनै गएनन्
काठमाडौं ७ माघ ।
प्रदेश नम्बर चारमा प्रदेशसभा सदस्य विजयी भएका राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ मनाङको प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र रुपमा विजयी भएपनि सपथ लिनबाट छुटेका छन् ।
करिब १० वर्ष अगाडीको ज्यान मुद्धामा दोषी ठहर गर्ने पुनरावेलनको फैसलालाई सर्वोच्चले सदर गरेपछि मनाङे सपथ कार्यक्रममा नै गएनन् । उनी पक्राउ पर्ने डरले सपथ कार्यक्रममा नगएको बुझिएको छ ।
प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण समारोह पोखरा नगर प्रशिक्षण केन्द्रमा राखिएको थियो । प्रदेश ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना प्रदेशसभा छन् ।
प्रदेशसभा सदस्यमा विजयी रामबहादुर गुरुङ जहाज डिले हुँदा सपथ लिनबाट छुटेका छन् भने मनाङे भने अनुपस्थित बनेका हुन् ।
प्रकाशित मिति:
January 21, 2018