• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » वैदेशिक रोजगार कम्पनीले बैंकिङ प्रणालीमार्फत कामदारसँग रकम लिनुपर्ने
वैदेशिक रोजगार कम्पनीले बैंकिङ प्रणालीमार्फत कामदारसँग रकम लिनुपर्ने

काठमाडौँ, २३ कात्तिक । वैदेशिक रोजगारीमा जाने कामदारसँग वैदेशिक रोजगार कम्पनीले लिने रकम बैंकिङ प्रणालीमार्फत लिन संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकमा सभासद्हरूले वैदेशिक रोजगारीको क्रममा वैदेशिक रोजगार व्यवसायीले तोकिएकोभन्दा बढी रकम लिने गरेको तथा लिएको रकमको रसिद नदिने गरेको गुनासो आएको भन्दै समितिमा ध्यानाकर्षण गराएपछि बैंकिङ प्रणालीमार्फत कारोबार गर्न निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले वैदेशिक रोजगारीका लागि व्यवसायीले खटाउने ‘एजेन्ट’हरूको अनुमतिपत्र बनाई सोको विवरण समितिमा पठाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।
वैदेशिक रोजगारीमा बढीरहेको ठगीलाई नियन्त्रण गर्न, ठगी सम्बन्धी उजुरी दिनेलाई प्रोत्साहन दिन र ठगी सम्बन्धी उजुरीको छिटो छानवीन गरी टुङ्ग्याई सो सम्बन्धी प्रगति विवरण नियमित रूपमा समितिलाई उपलब्ध गराउन समेत बैठकले विभागलाई निर्देशन दिएको सभापति प्रभु साहले जानकारी दिए ।

सबै वैदेशिक रोजगार कम्पनीको इजाजतपत्र प्राप्त सम्बन्धी कागजपत्र, उनीहरूको एजेण्ट, म्यानपावरको शाखा, उनीहरूले पठाएको कामदारको विवरण, कामदारसँग लिएको रकमको रसिदलगायतका विवरण वैदेशिक रोजगार विभागले लिई सो विवरणको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देशन दिएको छ ।

विभिन्न मुलुकमा अलपत्र अवस्थामा परेका शवहरू यथाशक्य चाँडो नेपाल ल्याई परिवारको जिम्मा लगाउनसमेत समितिले निर्देशन दिएको छ ।

आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद सिवाकोटीले यस आर्थिक वर्षको सुरुको तीन महिनाको अवधिमा १६ करोड १३ लाख ८८ हजार ६९३ दाबी रकमसहित ठगीका व्यक्तिगत ३२२ र संस्थागत ४७८ गरी जम्मा ८०० उजुरी परेको जानकारी दिए । 

उजुरीमध्ये संस्थागत ११६ को फरफारक गरिएको, ४२ वटा मुद्दा दर्ता भएको, वैदेशिक रोजगार विभागले ३५ वटा वैदेशिक रोजगार कम्पनीको कारोबार रोक्काको निर्णय गरेको जानकारी दिए ।

प्रकाशित मिति: November 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |