देशलाई नै टाट पल्टाउने अपर तामाकोशी हाइड्रो खेल
चैत्र । शेयरको विषयमा विवादित बन्न पुगेको निर्माणधिन अपर तामाकोशी जलविद्युत आयोजना सम्पन्न भएपछि नेपालमा ९० प्रतिशत बिजुली कम हुने अनुमान छ ।
स्वदेसी लगानीमा बन्न लागेको तामाकोशी सबैभन्दा ठूलो क्षमता र सवैभन्दा बढि लगानीको परियोजना हो। परियोजना बन्नका लागि ३३ अर्ब रुपैयाँ लाग्ने प्राविधिक अनुमान छ । २०७३ सालमा उत्पादन सुरु गर्ने आयोजनाको कार्यतालिका छ । यसको क्षमता ४५६ मेगावाट छ।
यसै परियोजनालाई लिएर देशलाई नै आर्थिक रुपमा टाट पल्टाउनेसम्मका खेल समेत हुन थालेका छन् ।
कसरी हुँदैछ देशलाई धरासायी बनाउने खेल
परियोजनामा कर्मचारी सन्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय विमा संस्थान, नागरिक र लगानी कोषले कुल २२ अर्ब रूपैयाँ ऋण लगानी छ । जसमा सबैभन्दा बढि १२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने कर्मचारी सन्चय कोषले २० प्रतिशत स्वामित्व शेयर लगानी गर्ने छ भने टेलिकम ६ प्रतिशत, राष्ट्रिय विमा संस्थान २ प्रतिशत र नागरिक लगानी कोषले २ प्रतिशत लगानी गर्ने छन्। विमा र नागरिक लगानी कोषले २/२ अर्ब रुपैयाँ लगानी गर्ने छन् ।
कुनै हालतमा उक्त आयोजना असफल बनाउन सके वा आर्थिक उचित व्यवस्थापन गर्न नसके देश नै आर्थिक रुपमा टाट पल्टिने देखिन्छ । स्वदेशी कम्पनीहरुले लगानी गरेको यस आयोजनालाई विफल बनाउन विभिन्न स्वदेशी तथा विदेशी लागी परेको पनि बताइन्छ । अझ राजनीतिक दल र सरकारले निर्माण कार्यलाई सहयोग गर्नु पर्नेमा उनीहरुको भूमिका समेत शंकास्पद छ । सरकार र राजनीतिक दलहरु यो विषयमा सुन्या नसुनै गरी बसेका छन्, उता आयोजनाको काम भने डेढ हप्तादेखि
आयोजना असफल हुँदा भारतलाई फाइदा
यस आयोजनाले २०७३ सालमा उत्पादन सुरु गर्ने र उत्पादन सुरु भएपछि नेपालमा ९० प्रतिशत बिजुली आपुर्ति कम हुने अनुमान छ । नेपालमा ९० प्रतिशत बिजुलीको माग पूरा हुँदा यसको घाटा भने छिमेकी भारतलाई हुने देखिएको छ ।
नेपालले बिजुलीको विकल्पमा जेनेरेटर, इन्भर्टर, ब्याट्री तेल डिजेल लगायत सामग्री भारतबाटै ल्याउँदै आएको छ । जसका लागि नेपालले अबौं लगानी गरिरहेको छ त्यसैले नेपालमा यस्ता ठूला आयोजना बनेर बिजुलीको माग पूरा भए यसको व्यापार घाटा भने भारतलाई पर्ने देखिएको छ । यद्यपी, उक्त आयोजनामा भारतको त्यस्तो कुनै सक्रियताबारे भने खुलेको छैन । यसअघिका विभिन्न आयोजनालाई लिएर भने भारतमाथि टिकाटिप्पणी गरिदैं आएका थिए ।
सरकार र राजनीतिक दल चुपचाप
स्वदेशी लगानीमा बन्न लागेको उपर तामाकोशीको एक दिन काम रोकिए आयोजनाले अढाई करोड घाटा बेहोर्छ । शेयर विवादका कारण डेढ हप्तादेखि काम रोकिदाँ २५ करोडको हाराहारीमा घाटा लागिसकेको छ भने २ वर्षमा निर्माण कार्य सकिने कार्यतालिका ३ वर्ष पुग्ने देखिएको छ ।
यति ठूलो लगानी रहेको आयोजनामा विवाद हुँदा पनि सरकार र राजनीतिक दलको भूमिका भने न्यून देखिएको छ । राजनीतिक विषयको झमेला समेत आयोजनाले खेपिरहेको छ । यसले समग्र देशलाई घाटा बेहोर्दा सरकार र राजनीतिक दल चुप लाग्नुले उनीहरुमाथि प्रश्न गर्ने ठाउँ उठेको छ ।
प्रकाशित मिति:
March 22, 2015